शिक्षकले मात्र न बिगार्न सक्छन् नत सपार्न - Sainokhabar

शिक्षकले मात्र न बिगार्न सक्छन् नत सपार्न

चन्द्र नेपाली

दैलेखको एउटा पालीकाले आफ्ना छोरा छोरी निजीबिद्यालय पढाएको कारण एकजना सामुदायीक बिद्यालयका शिक्षकलाई कारबाही गरेको समाचारले हीजो आज सामाजीक सञ्जालका भित्ताहरु भरीभराउ छन् । एउटा पक्ष शिक्षकको उछीतो काट्न आतुर देखीन्छ भने अर्को प्रतीरक्षा । यो मात्र होइन सामाजीक सञ्जालमा अन्यबिषयहरु उठ्दा पनि बिषयको गहीराइमा पुगेर समालोचनात्मकभाषा बोल्ने भन्दा बिषय बस्तुलाइ बुझ्दै नबुझी छुद्र र तुच्छ भाषाप्रयोग गरेर मच्चीने हरु बढी देखीन्छन् । जसले बिषयलाई अतीरञ्जीत गर्न सघाउँदछ ।

दैलेखले शिक्षकलाई आफ्ना छोराछोरी निजी बिद्यालय पठाएबापत कार्बाही गर्नु त्यतीबेला उचीत हुन्थ्यो जतीबेला सामुदायीक बिद्यालयको गुणस्तर खस्कनुमा केबल शिक्षकको मात्र कमजोरी पुस्टी हून्थ्यो । त्यो कारबाही गर्ने जनप्रतीनीधीको दायीत्व छ की छैन बिद्यालयप्रती ? त्यो प्रशासकको दायीत्व छ की छैन बिद्यालयप्रती ?, के उनीहरुले आफ्नो दायीत्व पुरा गरेका छन? बरु निजी बिद्यालयबाट प्राप्तहुने लाभांस गुम्ने डरले उतापटी मौन बसेर यतै खनीन्छन् शासक प्रशासकपनी ।

स्थानीयतहले दरबन्दीमीलान ग¥यो? शिक्षाको स्थानीय ऐन खोइ ? संघीय ऐन खोइ? एउटा योजना माग गर्न एउटा एम.एड. गरेको प्रअ पटकौं हजु¥याई गर्नू पर्छ एस. एल. सी. गरेको खरदार संग । बिधालयको संरचना निर्माण के शिक्षकको हातमा छ ? आबश्यक जनशक्ती परीपुर्ती गर्ने अधीकार प्रअलाइ छ निजीमा जस्तो? अनीतीशासक र प्रशाकका छोराछोरी निजीमा छन् कि सामुदायीकमा छन् त? शिक्षकले आफ्ना छोराछोरी आफैं संग लगेर पढाउँछन् आपती छैन तर बाँकी कोही पानी माथीको ओभानो हुनपाउँदैन । सबै जिम्मेवार बन्नु पर्छ कानुन सबैलाइ समान हूनुपर्छ ।

चुनावको बेला तीनै शिक्षकबाट असुलेको चन्दा र शिक्षकको अगुवाइमा शिक्षककै इमान बन्धकी राखेर चुनाव जित्ने अनी अहीले तीनै शिक्षकमाथी डण्डी बर्साउने? यसको मतलब यो होइन की चुनावमा सघाए बापत शिक्षकले उन्मुक्ती पाउनु पर्छ । तर आफ्नो कमजोरी लुकाउन अरुको बद्नामी गर्न खोज्नु कती शोभनीय होला त ? संबिधानले आधारभुततह सम्मको शिक्षा निःशुल्क र अनीवार्य तथा माध्यमीकतह सम्मको शिक्षा निःशूल्क भनेको अवस्थामा बिद्यालयले बिद्यार्थीसँग शुल्कअसुल्ने कुरै भएन ।

संबिधानलेनै दीने हो भनेपनी सबै अभिभावक शूल्क तीरेर पढाउने अवस्थामा छैनन् । यसो भएपछी बिद्यालयको कोष शुन्य हुनेनै भो । कोष शुन्य भएपछी आवश्यक जनशक्ती परीपुर्ती गर्नसक्ने कुरै भएन । अब त्यो जनशक्ती पुर्ती गर्ने काम सरकारको हो की होइन? त्यसकालागी खोइ सरकारले दरबन्दीमीलान गर्न सकेको? खोइ आफ्नो स्वार्थको राजनीती बाट अलग राख्न सकेको? त्यसैले हलो अड्काएर गोरु कुट्यो भने हलो भाँचीएपनी र गोरु मरेपनी आफ्नै हानी हुन्छ भन्ने बुझ्न आवश्यक छ ।

अभिभावकहीन बालबालीका, आर्थीक सामाजीकि सामथ्र्यहीन अभीभावक, राजनीतीक चपेटा र सरकारको उपेक्षामा बिद्यालय अनी कम्पास हराएको जहाज जस्तो शिक्षाक्षेत्र भइरहँदा यदी शिक्षकको दोष रहन्छ भने सबैभन्दा कम दोष शिक्षको रहन्छ । शिक्षकका कमजोरीनै छैनन् भन्ने होइन तर दीर्घ रोगलाइ बेवास्ता गरेर ज्वरोको मात्र उपचारले बिरामी नीको हुन्न ।

सामुदायीक बिद्यालयका शिक्षकले पढाउँदैनन् वा जान्दैनन् भन्ने आरोप मात्र लगाइ रहने हो भने निजीबिद्यालय र शिक्षकप्रती अनेक भाषाप्रयागे गर्न सकिन्छ तर यी दुबै संकट उन्मुख रहन्छन् । त्यसैले व्यक्ती केन्द्रीत भएर शिक्षकको हुर्मत लीएर बहादुरी देखाउनखोज्नु भनेको कूनैपनी शासक प्रशासककालागी धोतीखोलेर मुख छोप्नु मात्रहो । समस्या खीयालागेको सीस्टममा छ, असमान संरचनामा छ, राजा र रैतीको मासीकतमा छ सामुदायीक बिद्यालयका सरोकारवाला शिक्षकमात्र होइनन्। उनीहरुले मात्र न बिगार्न सक्छन् नत सपार्ननै । तर विविधमध्ये एउटा महत्वपुर्ण भुमीकानिर्बाह गर्न सक्छन् । त्यसैले व्यक्ती दोहनबाट होइन सिस्टमको सफाईबाट मात्र शैक्षीक समस्याको समाधान सम्भव छ ।

सम्बन्धित खवर