मलेशीयामा मृत्यु भएका पथरीका युवाको दाहशंस्कार सम्पन्न - Sainokhabar

मलेशीयामा मृत्यु भएका पथरीका युवाको दाहशंस्कार सम्पन्न

साइनो समाचारदाता
पथरी । बैदेशिक रोजगारका क्रममा मलेशियामा मृत्यु भएका मोरङको पथरीशनिश्चरे वडा ९ का २९ वर्षीय हरिप्रसाद लुइटेलको दाहशंस्कार सम्पनन भएको छ । मलेशियाको एक कम्पनीमा AT gards मा काम गर्ने उनी १४ गते राती १० बजे खना खायर सुतेको थिए । हर्टअट्याकका कारण १५ गते बिहान ४ बजे उनको निधन भएको परिवारले जनाएको छ । उनका बुबाको पनि यहि बैशाख १४ गते निधन भएको थियो ।

स्थानीय सगरमाथा युवा क्लव तथा स्थानीयको पहलमा मृतक हरिको लास नेपाल ल्याएर दाहसंस्कार गरिएको हो । सगरमाथा चौकका स्थानीय युवा तथा सगरमाथा चौक बासी एव सगरमाथा चोक बासी बैदेसिक रोजगारमा रहेकाले करिब १ लाख सहयोग संकलन गरि मलेसिया स्थित नेपाली दूतावासलाई पहल गराइएको थियो । उनी एक बर्ष अघि मात्रै बिबाह गरि वैदेशिक रोजगारमा गएका थिए । मृतककि श्रीमती पनि वैदेशिक रोजगार मै दुबइ गएकी छिन । उनलाई पनि विशेष पहल मा घर झिकाइयेको छ । आर्थीक अवस्था दयनीय रहेका उक्त परिवारमा अहिले ठूलो बज्रपात परेको छ । लुइँटेल जनकल्याण आधारभुत बिदालय का भूपू कर्मचारी समेत रहेका छन ।

 

सम्बन्धित खवर