अमेरिकी राष्ट्रपति ट्रम्पले गरे मोदीको प्रशंसा - Sainokhabar

अमेरिकी राष्ट्रपति ट्रम्पले गरे मोदीको प्रशंसा

साइनो समाचारदाता
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरेका छन् । ट्रम्पले भारतीय प्रधानमन्त्री मोदी आफ्नो साथी भएको र उनले राम्रो काम गरिरहेको उल्लेख गरेका छन् ।

स्थानीय समयानुसार शुक्रबार उनले भने, “प्रधानमन्त्री नरेन्द्र मोदी मेरो साथी हुनुुहन्छ, उहाँले धेरै राम्रो काम गरिरहनु भएको छ । उहाँ धेरै राम्रो नेता हुनुहुन्छ ।” अहिले काम गर्न धेरै गाह्रो भएको बताउदै यस्तो बेलामा पनि मोदीले जे गरिरहनु भएको छ, त्यो धेरै राम्रो भएको दाबी गरे । पत्रकार सम्मेलनमा बोल्ने क्रममा राष्ट्रपति ट्रम्पले आफ्नो दुई दिने भारत भ्रमणको प्रशंग समेत जोड्दै मोदीको थप प्रशंसा गरे ।

सम्बन्धित खवर