अपलोड भएको २४ घण्टा नबित्दै ट्रेण्डिङको ६ नंबरमा ‘मुना’ - Sainokhabar

अपलोड भएको २४ घण्टा नबित्दै ट्रेण्डिङको ६ नंबरमा ‘मुना’

साइनो समाचारदाता
काठमाडौं । ¥याप गायक तथा संगीतकार मिस्टर आरजेको ‘मुना’ बोलको गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै ट्रेण्डिङ नं ६ मा परेको छ । राज खुम्बु र सुजाता वर्माको स्वर रहेको यस गितमा मिस्टर आरजेले ¥याप भरेका छन् ।

गीतको शब्द नवराज कलौनीले लेखेका हुन् भने आरजेले नै संगीत दिएका छन् । गीतको भिडियोमा कलाकार नाजिर हुसेन, स्वस्तिमा खड्का र रियाशा दाहालले अभिनय गरेका छन् । भिडियोमा रियाशा नाजिरकी श्रीमती र स्वस्तिमा सालीको भूमिकामा छन् । भिडियोमा तिनै जनाको उत्कृष्ट क्यामेष्ट्रि मिलेको छ । गीतको भिडियो ‘एटके एभरेष्ट मोसन पिक्चर्सको युट्युब’ च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो:

सम्बन्धित खवर