सुरु भयो ‘कमेडी च्याम्पियन’ सिजन–२ को डिजिटल अडिसन - Sainokhabar

सुरु भयो ‘कमेडी च्याम्पियन’ सिजन–२ को डिजिटल अडिसन

साइनो समाचारदाता
काठमाडौं । नेपालको पहिलो स्ट्यान्ड अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन–२ सुरु भएको छ । आजबाट डिजिटल अडिसन ओपन भएसँगै सिजन–२ सुरु भएको हो ।

आजबाट सुरु भएको डिजिटल अडिसन असोज १४ गतेसम्म जारी रहने छ । अडिसनमा सहभागिता जनाउनका लागि कमेडी च्याम्पियनको एपमा गएर बढीमा चार मिनेट ५९ सकेन्डको भिडियो अपलोड गर्नु पर्ने ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारीले जानकारी दिए । १४ गतेसम्म प्राप्त अडिसनबाट कम्तिमा १२० जनालाई फिजिकल अडिसनका लागि छनोट गरिने छ । यद्यपि प्रतिस्पर्धीको कन्टेन्ट र प्रतिस्पर्धीका आधारका यो संख्यामा केही तलमाथि हुने निर्देशक भण्डारी बताउँछन् ।

१२० बाट २४ जना छनोट हुने र सोही समयबाट टेलिभिजनमा कार्यक्रम प्रशारण हुने छ । उत्कृष्ट १५ जनाबाट भोटिङ सुरु हुने छ । कात्तिकको दोस्रो हप्ताबाट कार्यक्रम प्रशारण गर्ने तयारी रहेको निर्देशक भण्डारीले जानकारी दिए ।गत वर्ष डिजिटल अडिसनमा २ हजार २०० प्रतिस्पर्धी सहभागी भएकोमा यो वर्ष संख्या बढ्ने अपेक्षा आयोजको छ ।“हासौं र हसाऔं भन्ने उद्देश्यले कोरोनाको त्रासकाबीच कार्यक्रम सुरु गरेका छौं । यो वर्ष विगतको भन्दा धेरै सहभागिता हुने अपेक्षा गरेका छौं,” निर्देशक भण्डारी भन्छन् ।विजेताले कार र २५ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

दोस्रो सिजनमा पनि सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक हुनेछन् ।यो पटक मूल्यांकन फम्र्याट केही परिवर्तन हुनेछ । सेट परिमार्जित र भब्य हुने भन्दै निर्देशक भण्डारी भन्छन्, “गत वर्षकोभन्दा सेटमा मात्रै १५ देखि २० लाख बढी खर्च हुनेछ भने कन्टेन्टमा पहिलो सिजनभन्दा चार गुणा बढी जनशक्ति थप गरिएको छ ।”

‘कमेडी च्याम्पियन’ सिजन–१ मा हिमेश पन्त विजेता बनेका थिए ।

सम्बन्धित खवर