२० केजी युरीया किन्न तिन घण्टा लाइन, सावुन नकिने मल नपाईने - Sainokhabar

२० केजी युरीया किन्न तिन घण्टा लाइन, सावुन नकिने मल नपाईने

साइनो समाचारदाता पथरी/
राशायनिक मल युरीयाको अभाव झेलेका मोरङ्ग पथरीशनिश्चरेका किसानले मल लिन थप सास्ती व्योहोर्नु पयो । विहिवार पथरीशनिश्चरे १ को मुना कृषी भण्डारले एक कृषी सहकारीको मल विक्रि गरेको थियो । सो कृषी भण्डारले १ सय ५० वोरा युरीया विक्रि गरेपनि लाइनमा लागेका सवै किसानले मल पाउन सकेनन् ।


प्रती व्याक्ति २० केजीका दरले सो कृषी भण्डारले मल विक्रि गरेपनि २ घण्टा भन्दा वडि समय देखी लाइनमा वसेका किसानले मल नपाएको वताए । मल पाउने आसमा लाइनमा लागेको २ घण्टा पछि मल सकिएको जानकारी पाएपछि रित्तै घर फर्किनु परेको पथरीशनिश्चरे ३ का प्रदिप काफ्लेले वताए ।
यता तिन घण्टा लामो लाइन लागेर युरिया लिएका किसानलाई साल्ट्र ट्रेडिङ्गले पठाएको भन्दै सन्तुर नाममो सावुन जवरजस्ती खरिद गर्न लगाइयो ।
पथरीशनिश्चरे ३ कै नविन निरौलाका अनुसार वजार भाउ २५ रुपयाँ पनि नपर्ने सावुनलाई ग्राहक संग ३३ रुपयाँ असुलिएको बताएहो । ‘२० केजी युरीया किन्दा १सय रुपायाँको सावुन जवरजस्ती किन्न लगाइयो ’उनले भने ‘युरीया किन्दा नि अरु सामान भिडाउने कस्तो प्रचलन’ ।
युरीया आएको थाह भएका किसान विहानै देखि पथरीको मध्य वजारमा लाइन लागेर वसेका थिए । लाइनलाई व्यावस्थापन गर्न कोरनाको संक्रमण वड्ने भन्दै लकडाउन गरेको पथरीशनिश्चरे नगरपालिकाले नगरप्रहरी समेत परिचालन गरेको थियो ।


राशायनिक मल युरीयाको अभावमा किसानका धान मर्न थालेका छन् भने पोटाउने समयका धान युरीया अभावकै कारण कम उत्पादन हुने चिन्ता किसानमा परेको छ ।
समयमा साल्ट ट्रेडिङ्ग र कृषि सामाग्री सस्थानले युरीया आयत नगर्दा किसानले मल लगाउन पाएका थिएनन् । थोरै मात्रामा आएको युरीया केहि किसानले पाए पनि अधिकाश किसान घण्टै लाइनमा वसेर नि रित्तै घर फर्किन वाध्य भएका थिए ।

सम्बन्धित खवर