थप ८८५ जनामा कोरोना पुष्टि - Sainokhabar

थप ८८५ जनामा कोरोना पुष्टि

साइनो समाचारदाता
काठमाडौं । बुधबार देशभर थप ८८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कुल संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा ३८५ जना निको भएका छन् भने हालसम्म निको हुनेको कुल संखया १९ हजार ५०४ पुगेको छ।

यस्तै हाल देशभर १४ हजार ७३९ जना सक्रिय संक्रमित रहेका छन् भने त्यसमाहोम आइसोलेशनमा ६ हजार २८ जना र संस्थागथत आइसोलेसनमा ८ हजार ७११ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १३ हजार २९३ जनाको पीसीआर परीक्षण भएको छ ।

सम्बन्धित खवर