धानमा देखिने गभारो रोगका कारण किसान चिन्तीत - Sainokhabar

धानमा देखिने गभारो रोगका कारण किसान चिन्तीत

साइनो समाचारदाता
पथरी । रोपेको धान मर्न थालेपछि पुर्वी मोरङ्गका किसान चिन्तीत वनेका छन् । धान रोपेको २ महिना पछि गभारोको कारण धान मर्नथालेको हो । किराले गाँज काटने र धान मर्ने समस्याले यस वर्ष धानको उत्पादन कमहुने किसानहरुको अनुमान रहेको छ ।

पथरीशनिश्चरे ३ का किसान यादव कोइरालाका अनुसार रोपिएको धानको गुवोकाटिएको देखिएको छ । धान सेतो हुने,मर्ने र गुवो काटिने समस्या देखिएको किसानहरुको भनाइ छखेतमा कीटनाशक औषधी प्रयोग गरिएपनि नियन्त्रणमा आउन सकेको छैन् । रशायनिक मलको अभावका कारण पनि धान सेतो भएको कृषी प्राविधीकहरु वताउछन् ।

पथरीशनिश्चरे नगरपालिकाको कृषी शाखा प्रमुख सावित्रा कार्कीका अनुसार नगरको २,३,१० र ७का किसानले धान मरेको जानकारी दिएको र त्यसका लागी औषधी सिफारिस गरिएको वताइन् । कार्कीका अनुसार धानबालीमा गवारो र डढुवा रोग लागेको देखिएको छ । खेतमा गुवो काटिएको देखिपछि कुन विषादी प्रयोग गर्ने हो, त्यसको सल्लाह र सुझाव लिन बन्दाबन्दी तथा निषेधाज्ञाले पनि किसानलाई समस्या बनाएको छ ।

यो रोग नियन्त्रणका लागि किसानले गवारो माउ पुतली र फुलको थुप्राहरु पहिचान गरी त्यसलाई नष्ट गर्नुपर्ने, प्रकाश÷उज्यालोको पासो थापेर माउ पुतली नष्ट गर्नुपर्ने, फेरोमोन ल्युपर नामक विषादी प्रयोग गर्नुपर्ने, ट्राकोग्राम परजीवीहरुको प्रयोग गर्नुपर्ने र धान उत्पादन क्षेत्रको जैविक विविधता तथा कृषि पर्यावरण खलबलिन नदिने गरी रासायनिक विषादी प्रयोग गर्नुपर्ने कृषी प्राविवधीक वताउछन् । धानमा देखिएको रोगको नियन्त्रण गर्न नसके धान उत्पादन घटने र धानको आयत गर्नु पर्ने विज्ञहरु वताउछन् ।

सम्बन्धित खवर