निर्वाचन आयोगमा दर्ता भयो नेकपा एमाले - Sainokhabar

निर्वाचन आयोगमा दर्ता भयो नेकपा एमाले

साइनो समाचारदाता
काठमाडौं । निर्वाचन आयोगमा नयाँ पार्टी नेकपा एमाले दर्ता भएको छ । गत असार १२ मा नेकपा एमाले दल दर्ताका लागि आवेदन परेको थियो । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निर्माण भएको छ । त्यसयता एमाले अस्तित्वमा थिएन ।

नेकपा एमालेको नाममा दल दर्ताको निवेदन पर्दा नेकपाभित्र ठुलै हलचल उत्पन्न भएको थियो । प्रचण्डसहितका नेताहरुले नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकै इशारामा दल दर्ताको प्रयास भएको आरोपसमेत लगाएका थिए ।निवेदन परेको झण्डै दुई महिनापछि आयोगले दल दर्ता गरेको हो ।

नवगठित नेकपा एमालेको अध्यक्षमा सन्ध्या तिवारी र महासचिव मनिषकुमार उपाध्याय रहेका छन् । पार्टीले आफ्नो छापमा डाँडामा उदाउँदो सूर्य राखेको थियो । कानुनअनुसार सबै मापदण्ड पुगेकाले दल दर्ता गर्ने निर्णय लिइएको एक आयुक्तले बताए । उनका अनुसार नेकपा एमाले नेपालको एक सय ३२ औं पार्टी बनेको छ ।

सम्बन्धित खवर