विकास लिम्बूको ‘पहिलो नजर’ - Sainokhabar

विकास लिम्बूको ‘पहिलो नजर’

साइनो समाचारदाता । नेपाली गायन प्रतियोगिता ’ द भ्वाइस अफ नेपाल सिजन २’ का रनरअप विकास लिम्बूको नयाँ गीत सार्वजनिक भएको छ । उनले सोमबार पहिलो नजर’ बोलको गीत आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् । गीतमा विकासको एकल स्वर तथा ध्रुव केसीको शब्द रहेको छ भने सुरज तामाङले संगीत दिएका छन् ।

भिडिओमा विद्यालय पढ्ने केटा र केटीबीच बस्ने किशोरावस्थाको माया प्रेमलाई रमाइलो गरी प्रस्तुत गरिएको छ । संगीतकार सुरज तामाङकै निर्देशनमा तयार भएको म्युजिक भिडिओमा विकास र ब्रिक्क्षा लिम्बुको अभिनय छ । विकासले ’भ्वाइस अफ नेपाल’को अडिसनमै जजहरुको मन जितेका थिए भने दर्शकको समर्थन बटुल्न थालेका थिए। प्रतियोगितामा जानुअघि उनी अरु गीतको कभर गर्थे।

 

भिडियो :

सम्बन्धित खवर