किसानलाई युरीया मलकाे अभाव - Sainokhabar
  • शुक्रबार, बैशाख २४, २०७८

किसानलाई युरीया मलकाे अभाव

साइनाे समाचारदाता पथरी/
उर्लावारी मोरङ्गकी रामकला भण्डारीले आइतवार दिनभर पथरी वजारका एग्रोभेट चाहरीन । धान पोटाउने वेलामा युरीया लगाउन पाइने आशाले युरीया खरिद गर्न आएकी भण्डारीले वालीका लागी चाहीने युरीया त परै जावस १ केजी पनि युरीया पाउन सकिनन् ।
‘धानमा लगाउने युरीया पाउन सकिन अव धान उत्पादन घटने पक्का भयो’ भण्डारीले भनिन् ‘किसानको समस्या त वुझिदिनु नि सरकारले’ । भण्डारी मात्र नभइ पथरीशनिश्चरे र उर्लावारीका किसानलाई वजारमा युरीयाको अभाव हुदा समस्या भएको छ ।
समयमा युरीयाको आपुर्ती नहुदा यस वर्ष पनि किसानलाई आवश्यक परेको समयमा युरियाको अभाव भएको छ । पथरीशनिश्चरे र उर्लावारीका किसानले समयमा धानमा राशायनिक मल लगाउन नपाएको गुनासो गरेका छन् ।
युरीया मल अहिले वजारमा अभाव छ । पथरी र उर्लावारीका कृषी सहकारी र एग्रोभेटले विक्रि गर्दै आएको युरीया अभावमै विक्रि वन्द भएको छ । एक एग्रोभेट सन्चालकका अनुसार किसानको माग अनुसार युरीया आपुर्ती नभएकै कारण युरीया र डिएपी लगायतका रासायनिक मलको वर्षेनी अभाव हुने गरेको छ ।
राशयनिक मलको आपुर्ती गर्दै आएको कृषी सामाग्री सस्थान र साल्ट ट्रेडिङ्गले समेत किसानको माग अनुरुप मल वितरण गर्न सकेका छैनन् । मौजुदामा युरीया मल नभएको भन्दै वितरण गर्न सकिएको छैन् । अधिल्ला वर्ष नेपालका वजारमा युरीया अभाव भए नजिकका भारतिय वजार वाट पनि यहाँका किसानले युरीया खरिद गर्दै आएका थिए । यस वर्ष कोरनाको कारण भारतिय नाका वन्द गरिएको छ । नेपालमा अनुदानको युरीया मल वजारमा आइपुग्न अझै एक महिना लाग्ने कृषि सामाग्री संस्थानले वताउदै आएको छ ।
किसानका अनुसार समयमा मल नपाउदा फसलको उत्पादन कम हुने त्रास हुन्छ । कोरनाका डर एकातिर छ भने वालीको फसल उत्पादनमा कमी आए भोकमारी वढने सन्त्रास छ ।
प्रदेश नम्वर एक र मोरङ्ग जिल्लामा मात्र कति मल आवश्यक पर्छ भन्ने याकीन तथ्याङ्ग नराखीदा वर्षेनी यहाँका किसानले मलको अभाव भोग्दै आएका छन् ।
युरीया मलको प्रयोग गर्न सके धान उत्पादन वडने यहाँका किसानले अपेक्षा राखेका छन् । तर वर्षेनी युरीया,डिएपी लगायतका मलको अभाव भोग्दै आएका किसानलाई सहज साथ मल वितरण गर्न सके खाद्यान्नमा भोग्दै आएको परनिर्भरता घटाउन सकिन्थ्यो कि । वर्षेनी भारत र तेश्रो देश वाट धानको आयात वडदै गएको छ ।

सम्बन्धित खवर