थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि - Sainokhabar

थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि

साइनो समाचारदाता
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । योसँगै हालसम्म कोरोना संक्रमितको कुल संख्या २५ हजार ५५१ पुगेको छ ।

यस्तै देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ९१३ पुगेको छ । पछिल्लो २४ घण्टामा २४० जना संक्रमित निको भएका छन् भने हालसम्म संक्रमण निको हुनेको संख्या १७ हजार ७७ पुगेको छ । यस्तै आज ११ हजार ५७५ पीसीआर भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ भने मृतकको कुल संख्या ९९ पुगेको छ ।

सम्बन्धित खवर