काभ्रेमा वडा अध्यक्षमा पनि कोरोना संक्रमण पुष्टि - Sainokhabar

काभ्रेमा वडा अध्यक्षमा पनि कोरोना संक्रमण पुष्टि

साइनो समाचारदाता
काभ्रे । काभ्रेमा पहिलोपटक जनप्रतिनिधिमा कोरोना संक्रमण देखिएको छ । मण्डनदेउपुर नगरपालिकाको एकका वडा अध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका डा. नरेन्द्र झाले जानकारी दिए ।

काभ्रेका जनप्रतिनिधिमा कोरोना संक्रमण देखिएको यो पहिलो पटक भएको डा. झाले जानकारी दिए । कोरोना पुष्टि भएका वडा अध्यक्षलाई थप उपचारको लागि धुलिखेल लाने तयारी भइरहेको मण्डनदेउपुर नगरपालिका स्वास्थयकर्मी दिपक दिपक घिमिरेले जानकारी दिए । उनको सम्पर्कमा रहेका व्यक्तिहरुको ट्रेसिङका लागि नगरले तयारी गरिरहेको स्वास्थ्यकर्मी घिमिरेले जानकारी दिए ।

सम्बन्धित खवर

%d bloggers like this: