बम पड्काईदिन्छु भन्दै धम्की दिएको अभियोगमा एकजना पक्राउ - Sainokhabar

बम पड्काईदिन्छु भन्दै धम्की दिएको अभियोगमा एकजना पक्राउ

साइनो समाचारदाता
सिन्धुली । प्रेसरकुकुर बम पड्काईदिन्छु भन्दै धाकधम्की दिएको अभियोगमा हरिहरपुरगढी गाउँपालिका ७ श्रीदमार बस्ने २९ वर्षीय रोशन भन्ने भरत अधिकारीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँ बस्ने खर्कमाया आलेको घरमा प्रेसरकुकर बम पड्काईदिन्छु भनि धाकधम्की दिएको भन्ने सूचनाका आधारमा उनलाई प्रहरी चौकी क्यानेश्वरबाट खटिएको प्रहरीको टोलीले घरबाटै पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

सम्बन्धित खवर

%d bloggers like this: