कोरोना संक्रमणका कारण धनुषामा थप १ जनाको मृत्यु - Sainokhabar

कोरोना संक्रमणका कारण धनुषामा थप १ जनाको मृत्यु

साइनो समाचारदाता
जनकपुर । कोरोना संक्रमणका कारण थप एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारार्थ धनुषाकी थप एक महिलाको मृत्यु भएको हो ।

बर्दिबासस्थित एक निजी अस्पतालमा उपचारका लागि भर्ना भएकी धनुषाको मिथिला नगरपालिका वडा नम्बर ७ स्थित ढल्केबर बस्ने ६० वर्षीया महिलाको रोग पत्ता नलागेपछि थप उपचारको लागि धरानस्थित बिपि कोइराला अस्पताल लगिएको थियो । अस्पतालमा उपचारका लागि भर्ना भएपछि कोरोना महिलामा संक्रमण भएको पुष्टि भएको थियो ।

उपचारका क्रममा उनको बिहिबार मृत्यु भएको हो । करिब एक साता पहिले ती महिलालाई कोरोना संक्रमण पुष्टि भएको थियो । मृतक महिलाको शव धरानबाट गृहनगर ल्याई मिथिला नगरपालिकाको पहलमा नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । योसँगै धनुषामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

सम्बन्धित खवर

%d bloggers like this: