भदौ दोस्रो साताको लागि तोकिएको सीटीईभीटीको परीक्षा स्थगित - Sainokhabar

भदौ दोस्रो साताको लागि तोकिएको सीटीईभीटीको परीक्षा स्थगित

साइनो समाचारदाता
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले भदौ दोस्रो साता लिने भनेको परीक्षा स्थगित गरेको छ । विद्यार्थी भर्ना र परीक्षा सञ्चालन १६ भदौबाट मात्रै गर्न पाइने निर्णय सरकारले गरेपछि परीक्षा स्थगित गरेको सीटीईभीटीका प्रवक्ता अनोज भट्टराईले जानकारी दिए ।

१ भदौबाट परीक्षा सञ्चालन गर्न पाइने सरकारको निर्णय अनुसार सीटीईभीटीले नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित परीक्षाको तालिका प्रकाशित गरेको थियो ।परीक्षाको अर्को तालिका कोभिड–१९ को संक्रमण कम भएपछि तीन हप्ताको समयावधि राखेर प्रकाशन गरिने प्रवक्ता भट्टराईले बताए ।

सम्बन्धित खवर