पथरीमा एकजनामा कोरोना पुष्टि - Sainokhabar

पथरीमा एकजनामा कोरोना पुष्टि

साइनो समाचारदाता/
मोरङको पथरीशनिश्चरेमा एकजनामा कोरोना सङक्रमण पुष्टि भएको छ । पथरीशनिश्चरेका २६ वर्षिय वर्षिय पुरुषमा कोरोना सङक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य संयोजक मुरारी आचार्यले जानकारी दिए ।

शुक्रबार गरिएको ६७ जनाको पिसिआर परिक्षणमा एकजनाका कोरोना पुष्टि भएको उनले बताए । उनि क्वारेन्टाइनमा बस्दै आएका थिए । उनलाइै कोभिड अस्पताल लैजाने तयारी भइरहेको आचार्यले बताए ।

क्वारेन्टाइनमा रहेका पन्जावबाट कामको सिलसिलामा आएका २६ बर्षका पुरुष रहेकाे र नगर भित्र आएको थाहा पाउने बित्तिकै नगरको क्वारेन्टाइनमा राखिएकाेे नगर उपप्रमुख यमुना विष्टले जानकारी दिनुभयाे । विष्टले नगर वासीी सबैमा आफू सुरक्षीत रहेर बस्न र आत्मावल बढाउन अनुराेध गर्नु भएकाे छ ।

सम्बन्धित खवर

%d bloggers like this: