माछा मार्ने क्रममा दहमा डुबेर भुटानी शरणार्थीको मृत्यु - Sainokhabar

माछा मार्ने क्रममा दहमा डुबेर भुटानी शरणार्थीको मृत्यु

साइनो समाचारदाता
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० मा बस्दै आएका भुटानी शरणार्थी ६३ वर्षीय डम्बरसिंह राईका माछा मार्ने क्रममा डुबेरे मृत्यु भएको छ । पथरीशनिश्चरेस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका राई आइतबार बिहान माछा मार्न भन्दै जाल बोकेर घरबाट निस्किएका इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले बताए ।

उनी साँझसम्म घर नफर्किएपछि परिवारका सदस्यले खोजी थालेका थिए । हातमा माछा मार्ने जालको डोरी अड्किएको र लगभग आठ फिट जति गहिरो दहमा डुबेको अवस्थामा पथरीशनिश्चरे–१० स्थित डाँस खोलामा राईको शव भेटिएको गिरीको भनाइ छ । माछालाई हानेको जाल अड्किएको र तान्न खोज्दा दहतिरै हुत्तिएर परेपछि डुबेर मृत्यु भएको हुन सक्ने भन्दै प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।

सम्बन्धित खवर

%d bloggers like this: