पशुपति शर्मा र रमिला न्यौपानेले ल्याए ‘पीर नभाको को छ र?’ - Sainokhabar

पशुपति शर्मा र रमिला न्यौपानेले ल्याए ‘पीर नभाको को छ र?’

साइनो समाचारदाता
काठमाडौं । लोकगायक पशुपति शर्मा र गायिका रमिला न्यौपानेको आवाजमा रहेको नयाँ गीत ‘पीर नभाको को छ र?’ सार्वजनिक भएको छ । तीज नजिकिएसँगै यतिबेला नयाँ गीत सार्वजनिक गर्ने होडबाजी चलेको बेला गायक शर्मा र गायिका न्यौपानेको आवाजमा नयाँ गीत सार्वजनिक भएको हो ।

पशुपति शर्माको लय र शब्द रहेको उक्त गितलाई दुर्गा पौडेलले निर्देशन गरेका हुन् भने छायांकन पनि पौडेल आफैले गरेका छन् । नवीन घर्ती मगरले सम्पादन गरेको भिडियोमा दिपाशा विसि,बबिन ठकुरी,नन्द बस्याल र यम गुरुङ फिचर्ड छन । शर्माले आफ्नो यूट्युव च्यानल मार्फत सार्वजनिक गरेका हुन् । यसअघि गायक शर्मा र गायिका न्यौपानेको “झम झम दर्कियो पानी” बोलको गीतले चर्चा कमाएको थियो।

 

भिडियो :

सम्बन्धित खवर