सुनिता दुलालको तीज गीत ‘बेसी मेलैमा’ सार्वजनिक - Sainokhabar

सुनिता दुलालको तीज गीत ‘बेसी मेलैमा’ सार्वजनिक

साइनो समाचारदाता
काठमाडौं । नजिकिँदै गरेको तीजलाई लक्षित गरेर गायिका सुनिता दुलालले नयाँ गीत ‘बेसी मेलैमा’ सार्वजनिक गरेकी छन् । मायाप्रेम र समाजको चित्रण गरिएको गीतमा गायिका दुलाललाई खुमन अधिकारीले स्वरमा साथ दिएका छन् । गीतमार्फत युवाहरुलाई मातृभूमिमै बसेर कुटो कोदालो गर्न समेत अभिप्रेरित गरिएको छ ।

युवा पलायन भएपछि देशको खेतीयोग्य जमिन बाँझो छ । यही जमिनमा केही गर्नुपर्छ भन्ने सोच गीतमा प्रस्तुत छ । नेत्र अर्यालको शब्द रहेको गीतमा कृष्ण वि.क. भान्जाको संगीत संयोजन छ । गीतको भिडियो समेत बनेको छ । जसमा अभिनेता दिलिप रायमाझी, अभिनेत्री नम्रता सापकोटाको अभिनय देख्न सकिन्छ । भिडियोमा गायक गायिका सुनिता र खुमन देखिएका छन् । ज्ञानेन्द्र शर्माको छायांकन, नविन निरौलाको सम्पादन रहेको भिडियोको कोरियोग्राफी एवं निर्देशन शिव विकले गरेका हुन् ।

 

भिडियो :

सम्बन्धित खवर

%d bloggers like this: