रचना रिमाल र उत्तम राईको ‘पानी मिठो धाराको’ - Sainokhabar

रचना रिमाल र उत्तम राईको ‘पानी मिठो धाराको’

साइनो समाचारदाता । नेपाल आइडलबाट उदाएकी झापाकी गायीका रचना र गायक तथा संगीतकार उत्तम राईको नयाँ उत्कृष्ट लोक आधुनिक गीत “पानी मिठो धाराको” को भिडियो बजारमा आएको छ । मिरा देवी राईको शब्द तथा उत्तम राईको संगीतमा रहेको उक्त गीतमा पदम राजन मगरको संगीत संयोजन रहेको छ ।

गायक तथा संगीतकार उत्तम राईको आफ्नै अफिसियल युट्युब च्यानल “उत्तम राई अफिसियल” मार्फत सार्बजनिक गरिएको यस गीतको भिडियोमा स्वयम् गायक अनि गायिकाको अभिनय देख्न सकिन्छ । गीतलाई स्टुडियो ए प्लसमा नरेश बिबिसी ले रेकर्डिङ अनि साजन शाहले मिक्सिङ र मास्टरिङ गरेका हुन् । गीतमा एक अर्काको बयान अनि पहिलेको मिठा यादहरु समेटिएको छ । यस गीतको भिडियो निर्देशन एवं सम्पादन प्रविन भट्टले गर्नु भएको हो भने छायांकन अनिल के मानन्धरले गरेका हुन् ।

 

भिडियो :

सम्बन्धित खवर

%d bloggers like this: