प्रिति आलेको स्वरमा ‘डिस्टर्व नगर’ - Sainokhabar

प्रिति आलेको स्वरमा ‘डिस्टर्व नगर’

साइनो समाचारदाता
काठमाडौँ । गायिका प्रिति आलेको स्वरमा रहेको नयाँ तिज गित ‘हामी नाच्ने हो गाउने हो डिस्टर्व नगर’ बिहीबार सार्वजनिक भएको छ । राजबहादुर सानेको शब्द–संगीत र लय रहेको गीतको भिडियोलाई कृष्ण परियारले निर्देशन गरेका छन् । गीतमा कोरियोग्राफी बाबु जिम्बाको छ ।

किम्भे प्रडक्सन युट्युब च्यानलमार्फत सार्वजनिक भएको भिडियोमा गायिका प्रिति आलेसँगै रिया श्रेष्ठ, कसिस दाहाल, सबिता आले, विमला गुरुङ, ज्याक गुरुङ, शिशिर राणा, दीपकजंग शाहीलगायतको अभिनय रहेको छ ।यस भिडियोलाई युयुस ढकालले छायांकन गरेका छन् । भिडियोको सह–निर्माता प्रकाश हमाल, निर्माता सौर्यल थापा र निर्माण किम्भे प्रोडक्सनले गरेको हो ।

नेपालीहरुको मौलिक र महान् चाड तिजकै अस्तित्व धरापमा पर्नेगरी छाडा संस्कृति मौलाइरहेका बेला यस गीत र भिडियो नेपाली परम्परालाई प्रवद्र्धन गर्नेगरी छायाँकन गरिएको निर्माण पक्षले जनाएको छ । यसको सुटिङ पर्यटकीय नगरी सालिनदीमा गरिएको छ । गीतले दर्शलाई भरपुर मनोरञ्जन र मौलिकता जर्गेना गर्न सन्देश समेत दिने निर्माण पक्षले जानकारी दिएको छ ।

भिडियो :

सम्बन्धित खवर

%d bloggers like this: