ज्लाटन इब्राहिमोभिचको कीर्तिमान - Sainokhabar

ज्लाटन इब्राहिमोभिचको कीर्तिमान

साइनो समाचारदाता । फरवार्ड ज्लाटन इब्राहिमोभिचले कीर्तिमानी दुई गोल गरेपछि एसी मिलानले इटालियन सिरि एमा साम्पडोरियालाई ४–१ गोलले हराएको छ । दुई गोल गरेसँगै इब्राहिमोभिचले कीर्तिमान बनाए । उनी मिलानका दुई क्लब एसी मिलान र इन्टर मिलानबाट ५० गोल पूरा गर्ने पहिलो खेलाडी बने ।

गत जनावरीमा अमेरिकी क्लब एलए ग्यालेक्सीबाट मिलान आएका उनले यो सिजनमा १७ खेलमा ९ गोल गरिसकेका छन् । यसअघि उनले २०१० देखि २०१२ सम्म एसी मिलानबाट खेल्दै ६१ खेलमा ४२ गोल गरेका थिए । उनले इन्टर मिलानबाट २००६ देखि २००९ सम्म ८८ खेल खेल्दै ५७ गोल गरेका थिए ।

३८ वर्षीय स्ट्राइकर इब्राहिमोभिचले अयाक्स, युभेन्ट्स, बार्सिलोना, पिएसजी, म्यानचेस्टर युनाइटेड जस्ता चर्चित क्लबबाट खेलिसकेका छन् । उनी करिअरमा ९३४ खेलमा ५५२ गोल गरिसकेका छन् । उनी अहिले खेलिरहेका खेलाडी मध्ये लिओनल मेसी र क्रिस्टियानो रोनाल्डो पछि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा तेस्रो स्थानमा छन् ।

सम्बन्धित खवर