ज्योति मगरको ‘भेडा भर्सेस कोइली’ - Sainokhabar

ज्योति मगरको ‘भेडा भर्सेस कोइली’

साइनो समाचारदाता
काठमाडौं । पछिल्लो समय तीज गीतमा भित्रिएको विकृतिलाई व्यङ्ग्य गर्दै गायिका ज्योति मगरले तीज ब्याटल गित ‘भेडा भर्सेस कोइली’ ल्याएकी छन् । उनलाई यो गीतमा नेत्र भण्डारीले स्वरमा साथ दिएका छन् । करण न्यौपानेको शब्द, संगीत र विपिन कार्कीको संगीत संयोजन रहेको गीतको भिडियो समेत बनेको छ ।

भिडियोमा यसराज, नरेश, जेम्स, निरज, ज्योती, पूजन र रुबीनाको अभिनय देख्न सकिन्छ । अशोक बिकको छायांकन तथा निर्देशन रहेको भिडियोको सम्पादन रविन विकले गरेका हुन् ।

भिडियो :

सम्बन्धित खवर

%d bloggers like this: