तोलामा ९७ हजार ५०० रुपैयाँ पुग्यो सुनको मुल्य - Sainokhabar

तोलामा ९७ हजार ५०० रुपैयाँ पुग्यो सुनको मुल्य

साइनो समाचारदाता
काठमाडौं । सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ कारोबार हुँदै नयाँ कीर्तिमान भएको हो ।

आइतबार तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार रु १२०० बढेर तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यस्तै तेजावी सुन ९७ हजार ६० रुपैयाँमा कारोबार भएको छ भने चाँदी १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

सम्बन्धित खवर