डिन कार्यालयमा पनि नेविसंघले लगायो ताला - Sainokhabar

डिन कार्यालयमा पनि नेविसंघले लगायो ताला

साइनो समाचारदाता
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको मानविकी र शिक्षा शास्त्र संकायका डिन कार्यालयमा नेपाल विद्यार्थी संघ (नेविसंघ) त्रिवि समितिले ताला लगाएको छ । नेविसंघका मागप्रति त्रिवी पदाधिकारी उदासीन बनेपछि डिन कार्यालयमा आइतबार ताला लगाइएको नेविसंघ त्रिवि समितिका सचिव योगेन्द्र रावलले दिएको जानकारी दिए ।

नेविसंघ त्रिवि समितिले यसअघि उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रार कार्यालयमा पनि तालाबन्दी गरेको छ । नेविसंघले राखेका २० सुत्रिय माग पूरा गर्न त्रिवि पदाधिकारीले वेवास्ता गरेको आफूहरु तालाबन्दी गर्नेपर्ने अवस्थामा पुगेको रावलले बताए । त्रिविलाई सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताको भर्ति केन्द्र बनाइएको नेविसंघको आरोप छ ।

सम्बन्धित खवर