समस्यामा खेलाडीले पाएनन राज्यबाट सहयोग - Sainokhabar

समस्यामा खेलाडीले पाएनन राज्यबाट सहयोग

पथरी/

खेलकुद भनेको देशको शान हो । खेलको माध्यमबाट धेरै देशले विश्वमा आफ्नो पहिचान बनाएका छन् । खेलकै माध्यमबाट ठुलठुला युद्धहरु रोकिएका छन । खेलकुदले मानिसलाई स्वास्थ र निरोगि राख्न मद्धत गर्दछ । हरेक देशका नागरीकले आफ्नो देशका लागि केहि गर्ने अठोट बोकेका हुन्छन । किशोर किशोरीहरुले खेलको माध्यमबाट देशको नाम चम्काउने लक्ष बोकेर देशका लागि खेल्ने गर्दछन । तर तिनै खेलाडी समस्यामा पर्दा देशले त्यती चासो दिएको पाईदैन ।

तर राज्यका कुनै पनि निकायबाट सहयोग पाएनन् । देश र आफ्नो ठाउँका लागि ज्यानको बाजि राखेर खेल्ने खेलाडीको पिडा हो यो ।

 

यति खेर मोरङको विराटनगरका खेलाडी कमल खवास पारिवारीक समस्यामा परेका छन । खेलको माध्यबाट देशका लागी केहि गर्ने सपना बोकेर हिडेका खवासको पिडालाई आफ्नै खेलाडी साथीभाईले मात्रै बुझेका छन । खवासकी श्रीमति सृजन खरेल खवासको असार २० गते लुगा सुकाउने क्रममा घरको छतबाट खसेर ढाड भाचिएको थियो । आर्थिक रुपमा कमजोर रहेको खवास श्रीमतिको उपचार गर्न समस्या हुँदा साथी भाइको आर्थिक सहयोगका कारण अस्पताल उपचार भैईरहेको छ ।

उपचारका क्रममा ढाडको सल्यक्रिया गर्नु पर्ने भएकाले खवासलाई ठुलो संकट परेको थियो । ढाडको सल्यक्रियाका लागि ३ लाख रुपैयाँ खर्च लाग्ने भए पछि साथीभाईको सहयोगबाट उपचार सफल भयो । नोवेल अस्पतालमा सफल सल्यक्रिया पछि ६ हप्ताको लागि थेरापी गर्नु पर्ने छ । जस्का लागि दैनिक १५ सय लाग्ने छ । नेपालकै उत्कृष्ट क्लव थ्रि स्टार, हिमालयन शेर्पा, आरसिटिका खेलाडी तथा मोरङ ११ का क्याप्टेन समेत रहेका खवासको श्रीमतीको उपचारमा न त फुटवल संघले हेयो न सरकारले नै । आफु सँगै फुटवल खेलेका साथीहरुको सहयोगले श्रीमतिको उपचार भयो । तर राज्यका कुनै पनि निकायबाट सहयोग पाएनन् । देश र आफ्नो ठाउँका लागि ज्यानको बाजि राखेर खेल्ने खेलाडीको पिडा हो यो ।

पथरी स्पोर्टिङ क्लवको पहलमा सहयोग अभियान चलाएर ७१ हजार ५ सय रुपैयाँ सहयोग उठयो । पथरी स्पोर्टिङ क्लवले देश तथा बिदेशमा हुने खेलाडि, खेलप्रेमि र व्यवसायीहरु सँग सहयोग संकलन गरि सहयोग गरेको पथरी स्पोर्टिङ क्लवका सदस्य सुमन बिकले जानकारि दिए । पथरी स्पोर्टिङ क्लवले सम्पूर्ण ब्यापारी, ब्यावसायी, खेलाडी तथा खेल प्रेमी महानुभावमा खेलाडीको दुख बुझी सिद्धार्थ बैकमा भएको खाता नं. ००७१५२२८१५१ मा सहयोग गरिदिन अपिल गरेको छ ।

सम्बन्धित खवर