मातृभूमिको आँशु - Sainokhabar

मातृभूमिको आँशु

सुन्दै छु
बुद्ध जन्मिए रे भारतमा
राम जन्मिए रे नेपालमा
अब भोलि नयाँ खबर आउला अखबारमा
सगरमाथा पर्दछ चीनमा !

यस्तै खबर सुन्दासुन्दै बुढो हुने भइयो
नेपाल स्विजरल्याण्ड भएको देख्ने सपना
अधुरै रहने भयो
इतिहासका गोर्खाली हामी
आज किन कमजोर भयौँ ?

पुर्खाले बगाएको रगत व्यर्थै जाने भयो
प्रश्न मलाई नेपाली जनतासँग हैन
नेपाली नेतासँग सोध्न मन छ (
अब दुइ टक्काको घुसमा
मातृभूमि बेच्ने के योजना छ ?

अनि फेरि प्रश्न गर्छु नेपाली जनतामाझ
मातृभूमिको झण्डा भन्दा यहाँ
प्यारो किन पार्टीको झण्डा छ ?

यस्तै हाल हो भने अब
पक्कै नयाँ खबर सुन्न पाईनेछ
चाँडै नै नेपालको दक्षिणी भाग भारतको हुने छ
अनि उत्तरी भाग चाहिँ चीनले लैजाने छ

नेपाल नै नरहे नेपाली हामी रहुँला कहाँ ?
राष्ट्रकवि माधव घिमिरेको यो उद्गार सत्य सावित हुनेछ !!

 

योगेश अग्रवाल

उर्लाबारी ७,

सम्बन्धित खवर