बरिष्ठ कवि शेर्मालाई प्रदेश सरकारले सम्मान गर्यो - Sainokhabar

बरिष्ठ कवि शेर्मालाई प्रदेश सरकारले सम्मान गर्यो

 

साइनो समाचारदाता

विराटनगर । सामाजिक विकास मन्त्रालयले वरिष्ठ कवि तथा समालोचक मुनाराज शेर्मालाई नगद ५० हजारसहित सम्मान गरेको छ । शेर्मासंगै डाक्टर नोवल किशोर राई (इलाम),माया पौडेल (बिराटनगर),वीरध्वज शिवा (पथरी),अनुराधा सिं थापा (बिराटनगर),केशब रायमाझी (बिराटनगर), कविता नेपाल (झापा), प्रेम ओझा (पाँचथर), उमानाथ घिमिरे (धनकुटा), डि वि किराँती (सोलुखुम्बु), कविराज पोखरेल (बिराटनगर),पंचकुमारी परियार (खोटाङ)लगायतलाई पनि सम्मानीत भएका छन।

प्रदेश नम्बर १ सामाजिक बिकास मन्त्रालय अन्तर्गत गठित भाषा, कला, साहित्य, संस्कृति सम्मान तथा पुरस्कार छनौट समितिको बैठकले प्रदेश नं १ भरीका स्रष्टाहरुलाई सम्मान गर्ने निर्णय गरेका थिए । बालकृष्ण पोख्रेलको नाममा प्रदान गर्दै आएको पुरस्कार भाषाविद् एवम् पूर्वराजदुत नवलकिशोर राईलाई नगद १ लाख सहित सम्मान पत्र प्रदान गरेका छन। सम्मानीत राईले सो रकम बिराट नगर गुरुकुललाई पचास हजार, बाकी ५० हजार कोरोनाको समस्या समाधान गर्न बिराटनगरलाई प्रदान गरेका छन। सम्मान कार्यक्रमलाई समुद्धाटन गर्दै प्रदेश नं १ का मुख्य मन्त्री शेरधन राईले सम्मानित व्यक्तित्वलाई सम्मान तथा हार्दिक बधाई ज्ञापन गरेका छन। सामाजिक बिकास मन्त्री जिवन घिमिरेले नेपाली सस्कृति र भाषामा बिकृति आएको गुनासो पोखेका छन् । कबि तथा समालोचक मुनाराज शेर्माले असार २९ गते भानुभक्तको जन्म जयन्तीमा मात्र होइन १ सय २३ भाषा कला सस्कृतिको प्रवर्दनमा लागेका स्रष्टाहरुलाई पनि सम्मान गर्नुपर्ने कुरामा जोड दिए । उनले भने, नेपाली भाषामा लेख्ने स्रष्टाहरुलाई त राज्यले सम्मान गरेकै छ नि । खस नेपाली भाषा इतरका स्रष्टाहरुलाई सम्मान गरे स्थानीय सरकारको न्यायिक कार्य हुनेछ ।

सम्बन्धित खवर