उत्तर आधुनिकतावाद - Sainokhabar

उत्तर आधुनिकतावाद

 

√रमेश योङहाङ

न्युटोनियन साईन्समा केहि परिवर्तन हुनुलाई उत्तर आधुनिकतावाद अस्तित्वममा आउनुको प्रमुख कारण मानिन्छ भने अन्य पनि धेरै कारणहरू छन । न्युटनको अनुसार कुनै पनि पदार्थको गति लिनियर वा रेखीय गतिमा हुन्छ तर अल्बर्ड आइंस्टाईनको थेउरी एफ रिलेटिभिटीको अनुसार कुनै पनि वस्तु सापेक्षित हुन्छ । त्यसको आफ्नै फ्रेम हुन्छ र वस्तुलाई अव्जर्भ गर्ने व्याक्तिको आफ्नै फ्रेम हुन्छ। अव्जर्भ गर्ने व्यक्ति हेर्ने वस्तुको गतिविधिमा उसको पोजिसन, मनोविज्ञान र व्यक्तिको आआफ्नै फ्रेमअनुसार फरक फरक निष्कर्ष आउने छ। त्यसैले सत्य व्यत्ति सापेक्षित हुन्छ।

उदाहरणको लागि हालै जाजरकोट घटनाको नवराज विक हत्या काण्डको सोध कार्यमा एक जना कट्टर हिन्दु व्राह्मणलाई दियो भने कतै न कतै उ भित्रको हिन्दु सुपेरियरबाट पूर्वाग्राही सोच उपस्थित भएर आफ्नै सापेक्षित बुझाई आउछ भने त्यसैमा एक दलितले गरेको सोधको रिजल्ट फरक आउछ । जसबाट बुझ्न सकिन्छ हामी वस्तुगत ज्ञान प्राप्त गर्न सक्दैनौ । जसले आधुनिकवादले दावी गरेको वस्तुपरक ज्ञानको मान्यतालाई खारेज गरेर व्यक्तिपरक ज्ञानलाई स्थापित गर्यो। क्वांटम फिजिक्स आएसंगै आधुनिक विज्ञानको आधारभूत जगलाई नै हल्लाउदै वस्तुको रेखीय गति सामान्य अवस्थामा मात्र रहने, त्यसलाई आवश्यक भन्दा धेरै शक्ति लागाएको खण्डमा कुनै पनि म्याटरले स्थिति परिवर्तन गर्दै छलाङ मार्न सक्ने नया सिद्धान्त प्रतिपादन गर्यो । उदाहरणको लागि एक तलाउमा कुनै ढुंगा सामान्य तरिकाले फ्याकेमा डुब्छ तर आवश्यकता भन्दा अधिक बल प्रयोग गरेर प्रहार गरेमा छलाङ मार्दै ढुंगाले तलाउ पार गर्छ। नेपली राजनीतिमा प्रचण्डले यहि सुत्र प्रयोग गरेर छलाङ मारे भने मधेसी तथा जनजाति नेताहरूले आफूले जति सक्छ । त्यो भन्दा अतिरिक्त बल प्रयोग नगरेकोले डुबिरहेको अवस्था छ।

उत्तर आधुनिकवाद हाल सम्म हार्ड पावरको रूपमा कतै मेनिफेस्टेड नभएपनि यसले मान्छेहरूको गतिविधिसंगै विश्व भर समाजिक तथा राजनीतिक तहमा यसको धेरै प्रभावहरू परेको देखिनछ । जस मध्ये विषय उन्मुख ज्ञानमीमांसा भनी मेर्डनिजम भन्दा फरक तकिकाले विभिन्न विषयको ज्ञान प्राप्त गर्ने विधि ल्यायो भने आधुनिकवादले ज्ञानको श्रेणीभन्दा बाहिर फ्याकेको पुराना विषयहरू संगीत, साहित्य, सामनिजम÷मुन्धुम जस्ता चिजहरूले पुनः ज्ञानको क्षेत्रमा प्रवेश पायो। मोर्डनिजममा मानिएको मन र शरीर फरक हुने मान्यतालाई अस्वीकार गर्दै चेतनाको प्रभाव शरीरमा शरीरको प्रभाव मनमा पर्ने भएकोले कुनै वस्तुको अव्जर्भ गर्दा कंक्लुजन कस्तो आउने त्यो व्याक्चिको मुढमा भर पर्ने मान्यता ल्यायो भने अन्त्यमा केओस थेउरी आए पछि मोर्डनिजममा यदि कुनै वस्तुको वास्तविकता जान्न त्यसको सुरूवाती चरणमा गएर सानोबाट ठूलो स्वरूप बुझ्नु पर्ने हुन्थ्यो तर पोस्ट मार्डनिजमको कम्प्लेकसिटी थेउरिको अनुसार सानो र ठूलोको बिच धेरै फरक क्वांटम जम्प हुने मत ल्यायो । जस्तै कुनै व्यक्ति वच्चामा स्वास्थ्य ठीक हुदैमा ठूलो भएपछि स्वास्थ्य अवस्था राम्रो हुने ग्यारेंटी हुदैन।

पोस्ट मोर्डनिजमको प्रमुख चार मान्यता पाइन्छन, ॰सव्जेक्टिभ ट्रुथ सत्य एउटै हुन जरूरी छैन र कुनै पनि सार्वभौमिक सत्यलाई अस्वीकार गर्छ। ॰ईनसाईड रियालिटि आधुनिकवादमा सत्य खोजकर्ता भन्दा बाहिर हुने र एक्सपेरिमेन्टद्वारा मात्र बुझ्न सकिने मान्यता थियो भने उत्तर आधुनिकवादमा सत्य हामी भित्रै हुने खोजी गर्न केवल फ्रेमवर्क मात्र चाहिने मान्यता आयो। ॰भेराईटी ईज ईम्पोर्टेन मोर्डनिजममा सबैको एक भाषा एकै धर्म एकै प्रकारको पोषक सहित सबै सिमिलर मान्छेहरू बनाउन खोजियो भने उत्तर आधुनिकवादले फरक संस्कृति फरक जाति फरक फरक धर्म हुनुपर्नेमा जोड दिईयो।

नो युनिभर्सल रूल युनिभर्सल रूललाई अस्वीकार गर्दै कुनै पनि सार्भभौमिक सिद्धांत अस्वीकार गर्दै कुनै पनि घटना घट्ने निश्चय नहुने सबै सापेक्षित मात्र हुने अनसर्टिनिटीको कुरा आयो भने आईडियी अफ प्रोगेसमा भनिएको एकै भाषा मज्वुत राष्ट्रवाद हुने भएकोले देशको छिटो उन्नति हुने तर्क लाई अस्वीकार गर्दै सांस्कृतिक विविधता र धेरै जातका मानिसहरूबाट भेकाईटी आईडिया विकास भएर जाने हुनाले छिटो प्रगति हुने मान्यता आयो। प्रि मोर्डनिजममा वस्तुनिष्ठ सत्य र अलौकिक शक्ति सहित भगवानको सत्ता स्वीकार गरिन्थ्यो । त्यस्तै मोर्डनिजममा वस्तुनिष्ठ अन्तिम सत्य सहित अलौकिक शक्तिको विरूद्धमा मानव र विज्ञानको मात्र सत्तालाई स्वीकार गरिन्थ्यो भने पोस्ट मोर्डनिजममा वस्तुनिष्ठ सत्यलाई अज्ञात मानेर शक्तिलाई रहस्यमय भनी सत्ता केवल राज्यमा मात्र सिमित नभई फरक समुदाय,विभिन्न संस्थाहरू वा एक व्यत्तिमा पनि अथ्योरीटि हुन्छ भनियो।

आधुनिकवादले भगवानको ठाउमा मानवको विवेकलाई केन्द्रमा राखेर राष्ट्रवादको जगमा विभिन्न आधुनिक राज्यहरू निर्माण गर्नका साथै लोकतन्त्र,उदारवाद,खुल्लावजार माक्सवाद तथा ठुला ठुला वैज्ञानिक आविस्कार हरू पनि गर्यो यो सबैकौ उद्देश्य कतै न कतै मानव जीवनलाई राम्रो बनाउनु थियो। तर आज सम्म मानव जिवन राम्रो नभएको र लोक कल्याणकारी राज्यको उद्देश्य पनि सफल नभएले ज्ञानोदय र पुनरजागरण प्रोजेक्ट यसैमा असफल भएको गम्भीर आरोप उत्तर आधुनिकवादी हरू लगाउछन। विज्ञानले विकास गरेको परमाणु हतियारको कारणले मानव विनाशको भय, औद्योगीकरणले निर्माण निम्त्याएको आर्थिक असमानता र आधुनिक शिक्षा प्रणालीले तथा युनिभर्सिटीले मानवलाई केवल वजारमा विक्री गर्न मुल्य निर्धारित एक यंत्रिकमानव मात्र वानाएको पनि आरोपहरू लगाउछन।

आधुनिकवादले निर्माण गरेको मेटान्यारेटिभस वा महान वृत्तान्त महान सिद्धान्त महान विचारधार महान लोकतांत्रिक शासन व्यवस्थाहरू कुनै माथि पनि उत्तर आधुनितवादीहरू विश्वास गर्दैनन्। विश्व भर चलिरहेको शासन व्यवस्था सामाजिक तथा आर्थिक व्यवस्थालाई केहि दर्शनको आधारमा सही ठहराउने प्रयास गरिन्छ भने उत्तर आधुनिक कालमा आएर रंगभेदको विरोध गर्छ । पहिचानको सम्मान गर्छ । विविधता र बहुलवाद स्वीकार गर्दै स्थानीय आदिवासी ज्ञान र परमपरालाई महत्व दिन्छ।

सम्बन्धित खवर