
रेखा सुवेदी

खाेला बगिरहकाे छ उसरी नै
जसरी बगिरहेकाे थियाे
अामाकाे काखबाट
बचेरा बाेलिरहेछ मधुर वाणी
अचम्म त
भिजाउञ्जेल झर्ने झरीसँग हाेस्
उडाउञ्जेल चल्ने हुरीसँग हाेस्
चाहे डढाउञ्जेल लाग्ने घामसँग हाेस्
तिनीहरू बिचमा जीवनकाे गहिराे इनारबाट
उकाली- अाेराली बिनाकाे प्रित
उत्तिकै बसेकाे छ
अवश्य तिनीहरूकाे अाँखा र हृदय
बुद्धका भन्दा स्वच्छ र सुन्दर छन्
अाे मानिस! अाजैबाट सिक प्रकृतिकाे गीत
तिम्राे मुस्कानका खातिर
प्रकृति मुस्कुराइरहेकाे छ।