प्रतितोला ९० हजार नाघ्यो सुनको भाउ - Sainokhabar
  • आइतबार, बैशाख २६, २०७८

प्रतितोला ९० हजार नाघ्यो सुनको भाउ

साइनो समाचारदाता काठमाडौं ।  नेपालमा सुनको मूल्य प्रतितोला ९० हजार नाघेको छ । आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । कोरोना भाइरसको संक्रमण फैलिएपछि संसारभर बढीरहेको सुनको मूल्यको नेपालमा भने कर बढेपछि झनै आकाशिएको थियो।

असार ५ गते तोलाको ८९ हजार ९ सयमा कारोबार भएको सुन आज सात सय रुपैयाँ बढेर कारोबार भइरहेको छ। महासंघका अनुसार चाँदीको मूल्यमा पनि बृद्धि भएको छ । असार ५ गते तोलाको ९ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १० रुपैयाँ बढेर ९४० पुगेको छ ।

सम्बन्धित खवर