अन्तर्मनमा एक संवाद - Sainokhabar
  • आइतबार, कार्तिक ०७, २०७८

अन्तर्मनमा एक संवाद

रेखा सुवेदी
कुनै महाराजकाे भन्दा कम छैन मेराे महल
जसकाे माथिल्लाे तलाबाट सबैसबैलाई पुड्काे देख्छु
चिहानबाट पुर्खाहरूकाे खप्पर उधिनेर छाएकाे हुँ सानदार छाना
बाअामाका पाखुराका हड्डी निकालेर बनाएकाे हुँ बुट्टे ढाेकाहरू
नातेदार-साथीभाइकाे मन च्यातेर हालेँ चाैडा झ्यालहरू
छिमेकीकाे शीरकाे टाेपी खसालेर साँधमा उठाएँ अग्लाे पर्खाल
कमिशन, भ्रष्टचार र घुसकाे पत्ति हानेर
मारेकाे हुँ मेराे अाँगनमा मलाई पर्खिरहने गाडी र याे वैभव
पाैडी खेलेर अाफैले धमिल्याएका रातहरूलाई
राेगन गरेर टल्काएकाे हुँ मेराे इज्ज्यत
छि: कति लामाे हाे याे रात सिंगाे युगजस्ताे(काेल्टे पर्दै)
तल झुपडीमा पनि निभेकाे छ बत्ति
यतिबेला सबैसबै निदाएका छन् फूल,पात,चराहरू पनि
तर
मात्र गल्लिमा भुकिरहेका छन् भुस्याहा कुकुरहरू
अनिंदाे रातमा मेराे साथी बनेर
भाेलि दुखेकाे मथिङ्गल बाेकेर उदाउँदाे हाे घाम पनि
र मेराे बन्द गेटलाई मातेकाे लात्तीले थर्काउँदाे हाे।

सम्बन्धित खवर