योजना अनुगमन - Sainokhabar

योजना अनुगमन

साइनो समाचारदाता

पथरी । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा सञ्चालन भएका योजनाहरुको अनुगमन्का क्रममा २ वटा निर्माणाधीन योजनाको अनुगमन् गरिएको छ ।

नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा नगरको ८ लाख आर्थिक सहयोगमा वडा नम्वर ८ स्थित बुद्ध माविमा रहेको अधुरो भवनको पर्खाल तथा प्लाष्टरको निर्माणाधीन योजनाको अनुगमन् भएको छ । ८ नम्वर वडाकै सोमबारे बजारमा ट्रष्टमार्फत निर्माणाधिन पसल राख्ने टहराको पनि अनुगमन् भएको छ । सांसद विकास कोषको १० लाख रुपैयाँमार्फत योजना अघि बढाइएको हो ।

सम्बन्धित खवर