के मानवजातिको अस्तित्व सदाकालदेखि थियोे ? ब्रह्माण्ड बोल्नुपर्छ - Sainokhabar

के मानवजातिको अस्तित्व सदाकालदेखि थियोे ? ब्रह्माण्ड बोल्नुपर्छ

एभरेट फुङ
के मानवजातिको अस्तित्व सदाकालदेखि थियोे ? ब्रह्माण्ड बोल्नुपर्छ
यस प्रश्नको जवाफ विज्ञान र धर्मशास्त्रहरुमा खोज्दा हामीले के प्राप्त गर्छौ भने – निश्चितरूपमा मानवजातिको अस्तित्व ब्रह्माण्डमा सदाकालदेखि अस्तित्वमा थिएन । विज्ञानले ब्रह्माण्डको सृष्टिपश्चात् मात्रै मानवजातिहरुको अस्तित्वको वकालत गर्छ । तर अहिलेसम्म खर्बौ- खर्ब पटक ब्रह्माण्डको सृष्टि भईसकेको छ । यो अवधिमा के पहिलोपटक मात्रै मानवजातिको सृष्टि भयो होला र ? त्यस्तै धर्मशास्त्रहरुले पनि ईश्वरले मानवजातिको सृष्टि गरेपश्चात् मात्रै मानवजातिको अस्तित्व ब्रह्माण्डमा देखिएको पक्षमा वकालत गर्छ । विज्ञान र धर्मशास्त्रहरुले मानवजातिको अस्तित्व एउटा निश्चित समयमा प्रार्दुभाव भएको र ब्रह्माण्डमा मानवजाति पहिलोपटक अस्तित्वमा आएको पक्षमा जोड दिन्छ ।
हिन्दुधर्मशास्त्र मुताबिक मानवजातिको अस्तित्व हाम्रो ब्रह्माण्डमा पहिलोपटक देखा परेको हो । हिन्दुशास्त्र मुताबिक ब्रम्हाले मानवजातिको सृष्टि गर्नुभन्दा अगाडि मानवजातिको अस्तित्व दुनियाँमा कहीँ पनि थिएन । ब्रम्हाले मानवजातिको सृष्टि गरेपश्चात् मात्रै हाम्रो ब्रह्माण्डमा मानवजातिको अस्तित्व कायम रहेको दाबी गरेको छ ।
बाईबलमुताबिक परमेश्वरले पहिलोपटक मानवजातिको सृष्टि गरेको थियोे । परमेश्वरले मानवजातिको सृष्टि गर्नुभन्दा अगाडि कहीँ पनि मानवजातिको अस्तित्व जगतमा थिएन । जगत मानव जातिविहीन स्थितिमा थियो । र परमेश्वरले मानवजातिको सृष्टि गरेपश्चात् मात्रै जगतमा मानवजातिको अस्तित्व देखा परेको हो ।
कुरानमुताबिक अल्लाहा ( ईश्वर ) ले मानवजातिको सृष्टि गर्नु भन्दा अगाडी जगतमा कहीँ पनि मानवजातिहरुको अस्तित्व थिएन । जगत बिल्कुल मानव जातिविहीन स्थितिमा थियो । अल्लाहाले मानवजातिको सृष्टि गरेपश्चात् मात्रै जगमा मानव जातिको अस्तित्व व्यापक मात्रामा देखा परेको हो ।
चार्ल्स डार्बिनको सिद्धान्त रमुताबिक प्रारम्भमा मानवजातिको अस्तित्व थिएन । उबेला जगत मानव जातिविहीन स्थितिमा थियोे । मानव जातिको नामोनिसाना जगतमा कहीँ पनि थिएन । तर प्रकान्तरमा एक-कोसिय जीवहरु विकसित हुँदै जाँदा जगतमा मानवदजातिहरुको अस्तित्व देखा परेको हो ।
अलेकज्यान्डर ओपारिनको सिद्धान्तमुताबिक प्रारम्भमा मानव जातिहरुको अस्तित्व जगतमा थिएन । उबेला जगत पूर्ण रुपमा मानव जातिविहीन स्थितिमा थियोे । जगतमा कहीँ पनि मानव जातिको अस्तित्व थिएन । तर पछि रासायनिक प्रतिक्रिया रमार्फत स-साना जीवाणुहरु विकसित भएर मानव जातिको अस्तित्व जगतमा पहिलोपटक देखा परेको दाबी ओपारिनले गरेका छन् ।
◾️◾️◾️
यी माथि उल्लेखित धर्मशास्त्र र विज्ञानको विश्लेषण गर्दा हामीले ती दुईमा दुईवटा समानताहरु प्राप्त गर्छौँ । त्यो हो – मानवजाति जगतमा पहिलोपटक अस्तित्वमा आएको हो । जीव- रजन्तुहरु र वनस्पतिहरु जगतमा पहिलोपटक अस्तित्वमा आएको हो । यो भन्दा अगाडि मानवजातिहरु , जीव-जन्तुहरु र वनस्पतिहरुको अस्तित्व जगतमा थिएन । र अर्को कुरा मानव जातिको अस्तित्व एउटा निश्चित समयमा भएको हो ।
तर यहाँनेर सवाल उठछ कि मानवजातिको अस्तित्व जगतमा पहिलोपटक देखा परेको हो भन्ने दलिलको सुनिश्चितता कसरी गर्ने ? मानव जातिको अस्तित्व जगतमा पहिलोपटक देखा परेको हो भनेर देख्ने उबेलाको प्रत्यक्षदर्शी को थियोे ? र , अहिले जो- जसले मानवजातिको अस्तित्व पहिलोपटक जगतमा देखा परेको हो भनेर दाबी गरिरहेका छन् उनीहरुको उपस्थिति त्यो सृष्टिको बेला थिएन । त्यसैले सृष्टिको बेला प्रत्यक्षदर्शी नभएका यी धर्मभिरुहरु र जीवशास्त्रीहरुले जगतमा पहिलोपटक मानवजातिको अस्तित्व देखा परेको हो भन्ने ती दलिलहरुलाई कसरी सत्यको रूपमा स्वीकार गर्नु ?
अर्को कुरा यदि मानव जातिको अस्तित्व जगतमा पहिलोपटक देखा परेको हो भने त्यो भन्दाअगाडि जगतमा कसको चाहिँ अस्तित्व थियोे त ? जगतमा पहिलोपटक मानवजाति अस्तित्वमा आएका भनेर जिकिर गर्नेहरुले यसो भन्लान् – सिर्फ जगतको मात्रै अस्तित्व थियोे । तर यो समयमा मानवजातिको सृष्टि गर्ने जगतले त्यो समयमा चाहिँ मानवजातिको सृष्टि किन गरेन ? सायद त्यो समयमा मानवजातिको सृष्टिको लागि उपयुक्त वातावरण थिएन र यो समयमा मानवजातिको सृष्टिको लागि उपयुक्त वातावरण थियोे । त्यहीँ भएर पहिलोपटक जगतमा मानव जातिअस्तित्वमा आएको हो । तर त्यो बेलाको जगतमा मानव जातिका लागि सृष्टि हुन उपयुक्त वातावरण थिएन र यो बेलाको जगतमा चाहिँ मानवजातिका लागप सृष्टि हुन उपयुक्त वातावरण थियोे भनेर त्यो बेलाको जगतदेखि यो बेलाको जगतसम्म बाँचेर वर्णन गर्ने प्रत्यक्षदर्शी को छ ? जहाँसम्म लाग्छ निश्चित रूपमा कोही पनि छैनन् । त्यसैले मानव जाति जगतमा पहिलोपटक अस्तित्वमा आएको हो भन्ने दलिल सिर्फ एउटा अनुमान मात्रै हो । र अनुमानहरु विज्ञानसम्मत हुन सक्दैन ।
◾️◾️◾️
त्यसैले मेरो विचारमा सायद मानवजातिहरुको अस्तित्व जगतमा पहिलोपटक देखा नपरेर खर्बौ-खर्ब पटक अस्तित्वमा आएको हुनसक्छ । सायद अहिले मानवजातिको अस्तित्व ती खर्बौ-खर्ब पटकहरुको एउटा पटकको मानवजाति पनि हुनसक्छ । मतलब के हो भने , मानवजातिको अस्तित्व ती धर्मशास्त्र र जीवशास्त्रीहरुले भने जस्तो जगतमा पहिलोपटक अस्तित्वमा आएको होईन । बरु मानवजातिको अस्तित्व जगतमा खर्बौ- खर्ब पटक अस्तित्वमा आएको हो ।
तर यहाँनेर फेरि सवाल उठछ मानवजातिको अस्तित्व जगतमा खर्बौ- खर्ब पटक अस्तित्वमा आएको देख्ने उबेला देखि यो बेला सम्मको प्रत्यक्षदर्शी को हो त ? मानवजातिको अस्तित्व जगतमा पहिलोपटक नभएर मानवजातिको अस्तित्व जगतमा खर्बौ – खर्ब पटक अस्तित्वमा आएको हो भन्ने दलिल लाई कुन आधारमा सुनिश्चितता गर्ने ? तर मानवजातिको अस्तित्व जगतमा खर्बौ- खर्ब पटक अस्तित्वमा आएको देख्ने उबेला देखि यो बेला सम्मको प्रत्यक्षदर्शी नहुदैमा मानवजातिहरुको अस्तित्व जगतमा पहिलोपटक आएको होईन । बरु खर्बौ – खर्ब पटक अस्तित्वमा आएको हो भन्ने धारणा लाई गलत भन्न मिल्दैन होला कि ! तर यदि यस्तै तर्क गर्ने हो भने , उबेला देखि यो बेला सम्मको प्रत्यक्षदर्शी नहुदैमा मानवजातिहरुको अस्तित्व जगतमा पहिलोपटक आएको हो भन्ने धारणा लाई पनि गलत भन्न मिल्दैन कि !
◾️◾️◾️
मुलतः मानवजातिको अस्तित्व जगतमा पहिलोपटक आएको आएको हो भन्ने दलिल र मानवजातिको अस्तित्व जगतमा खर्बौ- खर्ब पटक आएको हो भन्ने दलिल समान रूपमा बलिया छन् । तर दु:खद कुरा ती दुवै दलिलहरुमा प्रमाण र प्रत्यक्षदर्शीहरुको अभाव छ । र बिना प्रमाण र प्रत्यक्षदर्शी बिनाको मानवजातिको अस्तित्व जगतमा पहिलोपटक आएको हो भन्ने दलिल र मानवजातिको अस्तित्व जगतमा खर्बौ- खर्ब पटक आएको हो भन्ने दलिल लाई विज्ञानको रूपमा तथा सत्यको रूपमा स्वीकार गर्न सकिन्दैन ।
यदि त्यसो हो भने यहाँनेर के सवाल उठछ भने मानवजातिको अस्तित्व जगतमा पहिलोपटक आएको हो भन्ने दलिल र मानवजातिको अस्तित्व जगतमा खर्बौ- खर्ब पटक आएको हो भन्ने दलिल मध्ये कुन चाहिँ सत्य हो त ? कुन चाहिँ विज्ञानसम्मत हो त ? मेरो विचारमा यो सन्दर्भका बारेमा ब्रह्माण्डले बोल्नुपर्छ । किनकि मानवजातिहरुको अस्तित्व ब्रह्माण्डमा कति पटक आयो / गयो भन्ने कुरा सिर्फ ब्रह्माण्डलाई मात्रै थाहा छ । कि कसो ?
तेह्रथुम छथर वसन्तपुर(हाल लालीगुराँस नपा

(तेह्रथुम छथर वसन्तपुर(हाल लालीगुराँस नपाले ज्ञान यात्राको अभियानमा सो लेख लेखेका हुन् । ज्ञान यात्राको प्रवर्दक अमित थेबेका अनुसार ज्ञान यात्रा एक व्यक्तिएक दिन  एक ज्ञान उपर केन्द्रित हुनेछ । जीवनमा जुनसुकै विधा र क्षेत्रमा सामान्यदेखि विशिष्ट ज्ञान राखेकाहरूले अरू समक्ष प्रस्तुत गर्नेछन् । थाहा नपाएकाहरू र थाहा पाएकाहरूबीच ज्ञान, अनुभव, सीप र सूचनाको आदानप्रदान हुनेछ । अभियानअन्तर्गत यहाँहरूले संक्षिप्त पोस्ट, तस्वीर र भिडियो क्लिप्समार्फत् आफ्ना कुरा राख्न सक्नु हुनेछ । यस अभियानमा जोडिन हुन सबैलाई आह्वान छ । कवि, कलाकार, सिनेकर्मी, खेलाडी, प्रशासक, स्वास्थ्यकर्मी, राजनीतिज्ञ, शिक्षक, सञ्चारकर्मी, सामाजिक अभियन्ता, गृहिणी या जोसुकै पनि यस ज्ञान यात्रामा सामेल हुन सक्नेछन् ।

लक डाउन समय सबैको सुखद रहोस् । सुरक्षित रहनु होला।)

सम्बन्धित खवर