अमेरिकी डलर किन दुनियाँकै शक्तिशाली वैश्विक मुद्रा बन्याे ? - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

अमेरिकी डलर किन दुनियाँकै शक्तिशाली वैश्विक मुद्रा बन्याे ?

भीषन लिङ्देन
➡️संसारकै सबैभन्दा ठूलो अर्थव्यवस्था र व्यपार रहेको कारण अमेरिकासँग घेरै मात्रामा सुन संचित थियो जतिबेला सुनलाई दुनियाकै मूल्यवान र स्तरीय मानक मानिन्थ्यो।१९४४ को व्रुटनउड्स सम्मेलनपछि सुनको विश्वव्यापी मागको आधारमा डलरलाई आधार मान्ने संझौता गरे यसपछि त अमेरिकी डलर संसार कै सबैभन्दा मूल्यवान र शक्तिशाली मुद्रा बन्यो।
➡️अमेरिकी व्यपारको तीव्रतर विकास,विस्तार र दबदबाले US$लाई संसारभर एकाधिपत्य मुद्राको रुपमा स्थापित गर्यो।अहिले विश्वमा प्रचलित १८०मुद्राहरुमध्ये विश्वको केन्द्रीय बैंकहरुमा करिब ६१% US$ भण्डारण भएको हु्न्छ,करिव २१% युरो,६% जापानी येन र बाँकी अन्य मुद्राहरू रहेका हुन्छन।यस्तै विश्व व्यापारको करिब ८८%हिस्सा तथा ऋणको ४०%हिस्सा अमेरिकी डलरमा प्रवाह हुने गर्दछ।
➡️यसको पहिलो कारण शक्तिशाली अर्थ व्यवस्था भएकाले UN,WTO,WB Group,IMF,IBRD आदि विश्व संगठमा पर्ने छाँया प्रभावबाट US$ लाई नै सबैभन्दा विश्वसनीय वैश्विक मुद्रा मानक मानियो।
➡️दोश्रो कारण,हतियार,सुन तथा जहाज,मोटर,यन्त्र उपकरण,सूचना प्रविधि,कम्प्युटिं सफ्टवेयर आदिको ठूलो निर्यातकर्ता राष्ट्र भएकाले आयतकर्ता राष्ट्रहरुले वाध्य भएर अनिवार्य US$ मा नै भुक्तानी दिनु पर्ने हुन्छ।
➡️तेश्रो कारण,ईराक,इरान लगायतका खाँडी राष्ट्रहरुमाथि प्रत्यक्ष/अप्रत्यक्ष नियन्त्रण कायम गरेर विश्वको ठूलो परिमाणमा प्राकृतिक कच्चा तेलको निर्यात राष्ट्र भएकाले निर्यातको भुक्तानी पनि US$ मा नै लिने गर्छ।यी र यस्तै आर्थिक,व्यपारिक,राजनैतिक,सांस्कृतिक एवं धार्मिक प्रभाव,विस्तार र साम्राज्यका कारणले गर्दा US$ को वैश्विक एकाधिपत्य कायमै रहेको छ।
➡️यद्यपि चीन र रुसले पनि युरो जस्तै वैश्विक मुद्रा प्रचलनमा ल्याउने प्रयास नगरेको होईन तर अमेरिका तथा युरोपेली विश्व अर्थव्यवस्थामाथिको एकाधिपत्य र वैश्विक शाखको कारण दुनियाकै शक्तिशाली र लोकप्रीय मुद्राको रुपमाUS$ स्थापित भई नै रहेको छ।
➡️तथापि कुवेत,ओमान,वहराईन,जोर्डन आदि खाँडी राष्ट्रहरुको मुद्रा US$ को तुलनामा मंहगो छ किनकी यी मुलुकहरुबाट अत्यन्तै कम लागतमा अथाह कच्चा तेल निरन्तर विश्वबजारमा हुने आपूर्तीको कारण अर्थतन्त्रका सूचकहरू मजबुत छन्।यस्तै पौण्ड,युरो,स्वीस फ्रैंक आदि मुद्राहरु पनि US$ को तुलनामा महंगो नै छ।यस्तै सबै भन्दा कमजोर मुद्रा भेनेज्वेला र ईरानको रहेको छ।
➡️कुनै मुलुकको मुद्राको विनिमय दर उच्च/न्यून हुनको लागि त्यँहाको अर्थतन्त्रको मुद्रास्फिति दर,व्याजदर,भुक्तानी सन्तुलन,सरकारी ऋण,व्यपार नीति,राजनैतिक स्थिरता जस्ता सूचकहरू निर्धारक हुने गर्छ ।
➡️पहिलो स्थानको अर्थव्यवस्था कब्जा गर्न अग्रसर चीन आफ्नो मुद्रा Renminbi युयानलाई निकट भविश्यमा US$ को स्थानमा देख्न चहान्छ।तर सबैभन्दा ज्यादा US$ भण्डारण चीन,जापान,स्वीजरलेण्ड आदि देशहरुमा रहेको छ।नेपाल राष्ट्र बैंकमा ४१,२४२ US$ मासिक रुपमा भण्डारण भएको देखिन्छ ।
➡️यसकारण पनि आगामी धेरै वर्षसम्म पनि US$ को साम्राज्यवादी वैश्विक मान्यता,विश्वसनीयता,प्रयोग तथा दबदवा यो दुनियामा कायमै रहने अनुमान गर्न सकिन्छ ।
🔆 नोगेन् 🔆

( राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत भीषन लिङ्देनले ज्ञान यात्राको अभियानमा सो लेख लेखेका हुन् । ज्ञान यात्राको प्रवर्दक अमित थेबेका अनुसार ज्ञान यात्रा एक व्यक्तिएक दिन  एक ज्ञान उपर केन्द्रित हुनेछ । जीवनमा जुनसुकै विधा र क्षेत्रमा सामान्यदेखि विशिष्ट ज्ञान राखेकाहरूले अरू समक्ष प्रस्तुत गर्नेछन् । थाहा नपाएकाहरू र थाहा पाएकाहरूबीच ज्ञान, अनुभव, सीप र सूचनाको आदानप्रदान हुनेछ । अभियानअन्तर्गत यहाँहरूले संक्षिप्त पोस्ट, तस्वीर र भिडियो क्लिप्समार्फत् आफ्ना कुरा राख्न सक्नु हुनेछ । यस अभियानमा जोडिन हुन सबैलाई आह्वान छ । कवि, कलाकार, सिनेकर्मी, खेलाडी, प्रशासक, स्वास्थ्यकर्मी, राजनीतिज्ञ, शिक्षक, सञ्चारकर्मी, सामाजिक अभियन्ता, गृहिणी या जोसुकै पनि यस ज्ञान यात्रामा सामेल हुन सक्नेछन् ।

लक डाउन समय सबैको सुखद रहोस् । सुरक्षित रहनु होला।)

सम्बन्धित खवर