कुटोकोदालोद्धारा क्वारेन्टाइनमा खिर, संचारकर्मीलाई माक्स - Sainokhabar
  • बुधबार, कार्तिक १०, २०७८

कुटोकोदालोद्धारा क्वारेन्टाइनमा खिर, संचारकर्मीलाई माक्स

साइनो समाचारदाता पथरी/ मोरङको पथरीशनिश्चरे नगरपालिकाको क्वारेन्टाइनमा रहेका ब्यक्तिलाई खिर खुवाइएको छ । क्वारेन्टाइनमा रहेका ३५ जनालाई वडा नं ६ मा रहेको कुटो कोदालो सहकारी संस्थाले खिर खुवाएको हो ।
नगरले निमार्ण गरेको पथरी बहुमुखीमा रहेको क्वारेन्टाइनमा पथरीशनिश्चरे ३५ जना ब्यक्तिहरु रहेका छन । संस्था आपतको बेला सबैले नगरलाई सहयोग गर्नु पर्छ भन्दै एक छाक खिर खुवाएको हो ।


कुटोकोदालो सहकारी संस्थाले लकडाउनको समयमा जनता सामु पुर्याएको सहयोगी कार्यको प्रसंसा गर्दै पथरीशनिश्चरे नगरपालिका उपप्रमुख यमुना विष्टले धन्यबाद दिनुभयो । विष्टले कुटोकोदालो सहकारी संस्थाले क्वारेन्टाइनमा रहेका ब्याक्तीहरुलाई खिर खुवाए जस्तै सबै संघ सस्थले सहयोग भएमा कोरोना संक्रमणलाई जितिने विष्टले बताउनु भयो ।
कुटोकोदालो सहकारी संस्थाले संस्थाका किसानले उत्पादन गरेको साग सब्जी दुध संकलन गरी लकडाउनका समयमा नगरबासी माझ सहुलियतमा अर्गानीक साग सब्जी पुर्याउदै आएको छ ।
त्यस्तै सोही कार्यक्रममा संस्थाले पथरीशनिश्चरे नगरपालिकालाई कार्यक्षेत्र बनाएर सञ्चार क्षेत्रमा लागिपरिरहेका संचारकर्मीहरुको कोरोना बिमा समेत गरिदिने भएको छ । कोरोना भाइरसले सबैमा त्रास फैलाइरहेका बेला संस्थाले नगरमा रहेर नगरबासिहरुलाई निरन्तर समाचार प्रवाह गरिरहेको भन्दै संस्थाले संचारकर्मीहरुका लागि (के एन ९५)माक्स वितरण र निशुल्क विमा गर्ने संस्थाका निदेशक लालबहादुर भण्डारीले बताए ।

सम्बन्धित खवर