पथरीमा एक कोरोना संक्रमित - Sainokhabar

पथरीमा एक कोरोना संक्रमित

साइनो समाचारदाता

पथरी । नेपालमा आज थपिएको २७ जना कोरोना संक्रमित मध्ये एक जना मोरङको पथरी शनिश्चरे १० का रहेका छन् ।

संक्रमित युवा सुनसरीको पकलीमा सशस्त्र प्रहरी बलमा कार्यरत रहेको पाइएको छ । मंगलबार कोरोना अस्पताल विराटनगरमा परीक्षण गरिएको पिसिआरमा कोरोना पोजेटिभ देखिएको पथरी शनिश्चरे नगरपालिकाका नगर स्वास्थ्य संयोजक मुरारी आचार्यले जानकारी दिए । गएको चैत्र ९ गते घरमा आएका उनि चैत्र १० गते नै कार्यक्षेत्रमा फर्किएको परिवारले जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज मोरङमा १ जना सहित २७ जनामा संक्रमित भएको जनाएको थियो ।

सम्बन्धित खवर