शान्ति र सहकारी संगठनद्धारा रकम हस्तान्तरण - Sainokhabar
  • आइतबार, कार्तिक ०७, २०७८

शान्ति र सहकारी संगठनद्धारा रकम हस्तान्तरण

साइनो समाचारदाता

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समिति अन्तर्गतको राहत कोषमा २ वटा संस्थाले रकम हस्तान्तरण गरेका छन् ।

विहीबार शान्ति सामुदायिक वन उपभोक्ता समूहबाट १ लाख ५ हजार र नगरको सहकारी कर्मचारी संगठनबाट ७० हजार रुपैयाँको चेक हस्तान्तरण भएको राहत संकलन उपसमितिका संयोजक अर्जुनकुमार बुढाथोकीले जनाए । शान्ति सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष कुलबहादुर गुरुङ र सहकारी कर्मचारी संगठन अध्यक्ष गणेशकुमार राई सहितले नगरपालिका कार्यालयमा नगर प्रमुख एवम् समन्वय समिति संयोजक दिलीपकुमार राई सहितलाई रकम हस्तान्तरण गरेको हो ।

सम्बन्धित खवर