लायन्स क्लवद्धारा २ हजार केजि चामल - Sainokhabar
  • बिहिबार, बैशाख २३, २०७८

लायन्स क्लवद्धारा २ हजार केजि चामल

साइनो समचारदाता पथरी/ कोरोना संक्रमणबाट जोगिन गरिएको बन्दाबन्दी (लकडाउन) का कारण समस्यामा परेकाहरुका लागि लायन्स क्लब अफ पथरी र लायन्स क्लव अफ योङहर्ट पथरीले २ हजार केजि चामल पथरी शनिश्चरे नगरपालिकालाई हस्तान्तरण गरेको छ ।


देश र समाजमा विपतका बेला सकृय भुमिका खेल्दै आएको लायन्स क्लब अफ पथरी र लायन्स क्लब अफ पथरी योङहार्टले विपन्न मजदुरका लागि २ हजार केजी चामल राहत नगरलाई हस्तान्तरण गरेको हो । त्यस्तै, वडा नम्बर २ का अशोक दर्नाल र अमेरिकामा रहेकी उहाँकी श्रीमती सावित्रा गजमेर समेतबाट ५ सय केजी चामल नगरमा हस्तान्तरण गर्नु भएको छ ।
लायन्स क्लब अफ पथरी र लायन्स क्लव अफ योङहर्टको अगुवाईमा भएको राहत लायन्सका भाइस डिस्ट्कि गभर्नर रेवतबहादुर कार्कीले नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, पथरी बाणिज्य संघका अध्यक्ष दिपक बस्नेत र राहत संकलन उपसमितिका संयोजक अर्जुन कुमार बुढाथोकीलाई हस्तान्तरण गर्नु भएको छ ।
लायन्स क्लवले कोरोनाका कारण ब्लड अभाव नहोस भन्ने उदेश्यले बैशाख २६ गते पथरीको विभिन्न ४ स्थानमा रक्तदान कार्यक्रम गर्ने भएको छ ।

सम्बन्धित खवर