कथा: प्रमिस डेमा उनीसँगको संवाद - Sainokhabar
  • आइतबार, कार्तिक ०७, २०७८

कथा: प्रमिस डेमा उनीसँगको संवाद

~खडानन्द तिमलसिना

२०२० जनवरी ११ प्रमिस डेको दिन थियो , बेलुका साँझको कुरा हो म मेरो प्रिय मान्छेसँग सामाजिक सञ्जालमा अभ्यस्त थिए हरेक साँझमा मिठा मिठा प्रेमिल कुराहरू भई रहन्थे हामी बिचमा, मलाई लाग्थ्यो यो पनि माया प्रेम नै हो मैले म्यासेन्जरमा सोधे “कता हो ? ”

उताबाट उत्तर आउँछ “ म बुनेलाई सुताउँदै छु बुने निदाई केही छिन भान्सामा जान्छु ”

मैले प्रश्न गर्छु “ कति खेर आउने त ?”

उनले अत्यन्त जिज्ञासा राख्दै “ कहाँ आउनु ? ” भनेर सोध्छिन् ”

मैले भन्छु “ म्यासेन्जरमा कुरा गर्न ”

उनी “ खै भन्छिन् ”

मैले भन्छु “ चाडै आउने भा म पर्खी बस्नेछु ढिला गर्नेभा सुत्छु ”

उनले जवाफ फर्काउन ढिला गरिन उनको मनमा कुरेर बसे हुने थियो जस्तो लागि रहेको आभास बुझ्न मलाई कठिन थिएन “ हजुरको जो इच्छा म गए ल ” भन्छिन् यसो भन्दै गर्दा बेलुकाको नौ बजिसकेको थियो मेरो कोठामा भएका अरू परिवारका सदस्यहरू निदाइ सकेका थिए म टिभीमा जडौरी भन्ने टेलि सिरियल हेरिरहेको थिएँ । उनले यही वेलामा म्यासेज गरिन “ वा जडौरी खत्रा भएछ ” अ माया प्रेमका कुराहरू धेरै छन् मैले थपे टेलि सिरियलमा तपस्या राथोड वीर र इच्छाका वियोगान्त कथाहरूले उनीहरूको आँखामा आएका आँसुहरू देखेपछि म पनि सम्हालिन सक्दिन कुनै कुनै पलहरूले मेरो पनि मुटु विझाउउछ अनि आँखा रसाउँछन् माया प्रेम गर्नेहरूको प्राय पिडाहरू मेल खादा रहेछन् मैले यति कुरा भनेपछि उनी हो त भन्छिन् यति खेर मलाई लाग्छ यो माया प्रेम भनेको “महासागर रहेछ ,पिउन जाने “प्यास“ मेटिने, रहेछ नजाने त्यही महासागरमा नै डुबेर मरिने रहेछ । म यही महासागरमा पौडी रहेको छु , डुब्छु या प्यास मेटाउन सफल हुन्छ पछि समयले बताउनेछ मनमा यस्तै खाल जिज्ञासहरु सलबलाई रहन्छन् ।

मलाई यस्तो लाग्थ्यो हाम्रो सम्बन्ध यस्तो होस ख्याल राखियोस् तर हस्तक्षप नहोस् प्रश्न गरियोस् तर शङ्का नहोस्,मतलब राखियोस् तर चियो नहोस् विश्वास होस् तर वेवास्ता नहोस् प्रेम होस् तर बन्धन नहोस् माया होस तर घृणा नहोस यी सबै रहर हुन रहर गरेर मात्र जीवन जिउन सजिलो नहुने रहेछ,यदि सजिलो हुने नै थियो भने हामी विचको सम्बन्ध धेरै बलियो हुन्थ्यो होला मन भित्रका यी उतार चढाव हुदै गर्दा उनि अनलाईन आई सकेकी थिईन मैले सोधे “खान पिन र धन्दापात सकेर आएको होत ?”

सटिक उत्तर आउछ “सकेको ”

मैले सोधे माथि वेडमा नै आई सकेको ? ”

उनले “ हो ” भनिन

मैले जिज्ञासा राख्दै सोधे “ कति छिटोत ? ”

उनले प्रति पश्न गरिन “ छिटो रे ”

मैले भने “ होइन त ?”

“हो” भन्ने उनको जवाफ थियो

मैले फेरी भने “ कति चाडो आएको त ? हामी कुरा गरि रहेका थियौ ”

समाजिक सन्जालको भाषा प्रयोग गरिन “उम” भनेर जवाफ आउछ

मेरो जिज्ञासा राख्छु तिम्रो छिटो पन देखेर “ छक्क छु मत”

उनले भन्छिन “ म छिटि छुनित ”

मैले समर्थन जनाउदै भन्छु “ हो तिम्रो हरेक काम प्रतिको लगाव साच्चै लोभ लाग्दो र सहि छ ” भन्दै मैले उनलाई सोधे “आज के डे हो साचि ? ”

उनले रोमनमा लेखिन “प्रमिस ” ल मसँग प्रमिस गर्नुत ? ”

उनले भनिन , मैले प्रश्न गर्न खोजेको थिए प्रमिस डे भनेको मात्र लेखेको के थिए उनले जवाफ पठाई सकिछिन । “ बाचा कसम खानी हो ”

मैले जवाफमा प्रति प्रश्न गरे “ के वाचा गरौत ? ”

उनि हतारीदै थिईन मेरो वाचा कसम के आउनेछ भनेर भन्न पनि भ्याईन “लु त छिटै”

मैले उनिलाई खुशि बनाउनु थियो उनको हृदयले मबाट जे चाहान्छ त्यहि वाचा गर्ने योजना मन भरी बनाएर अर्को प्रश्न तेस्र्याय “ तिमी जे भन्छेउ ?”

उनले तुरुन्तै जवाफ फर्काईन “ तेस्तो हुदैन आफैले गर्ने हो वाचा ”

म दोधारमा परे के भन्ने होला उता उनलाई मैले गर्ने वाचा सुन्न हतार छ यता मलाई भने के भन्ने होला मैले भनेको कुरा उनिलाई मन पर्छ या पर्दैन कतै मैले प्रमिस डेको दिन गरेको वाचाको कारणले कतै हाम्रो सम्बन्धमा तिक्तता आउने त हैन भन्दै मन असाध्या डरायो आतियो के लेख्ने के लेख्ने भयो केहि कुरा लेख्दै मेट्दै गरे धेरै चोटी जे सुकै होस यहि भन्छु भनेर लेखे “ तिमिलाई कैले भुल्ने छैन ” मैले पठाउने वित्तिकै उनले मुस्कानको स्टिकरले मेरो म्यासेजलाई लाईक गरिन मैलै अझै थपे “ तिम्रा हर सकरात्मक पाइलाहरुमा मेरो साथ रहने छ ”

उनले भनिन “ त्यो त त्यहित होनि सबै मान्छेहरु सकरात्मक सोचलाई मात्र साथ दिन्छन नराम्रोलाई कसैले सुधार्न प्रेरित गर्दैनन अनि नराम्रो बाटोमा जाने कसैको खुशि पनि हुदैन सबै यहि परिस्थिति हो म एक्सट्रा मान्छे हु जस्ले जे गर्छन म त्यसको विपरित गर्न चाहान्छु ”

मैले सोधे कारण ? “सबैले माया गर्छन म लभलाई घृणा गर्छु ” उनले उत्तर दिन्छिन “ मनले जे गर भन्छ म त्यो गर्दिन ” उनका कुरा सुन्दा सामान्य लागे पनि कुरा भित्रको भाव गहिरो थियो कतै माया प्रेममा धोका खाएर माया प्रेम प्रति इरीटेट भएको होकी कित उनको प्रेमी कुलतमा फसेको छ र उस्लाई सुधार गर्ने योजना कसैले नबनाएको उनलाई दुःख लागेको होकी भन्ने अशक्काहरु मन भरी छताछुल्ल भए नारी मन यति कठोर हुन्छ जस्तो लागेको थिएन तर कुरा गराईले मेरो सोचाई भन्दा धेरै कठोर भएझै लाग्यो मैले उनको कठोर दिलमा के रहेछ त भित्री कुरा मापन गर्नलाई “ तिम्रो प्रमिस सुनौ ” भने फुत्तै उत्तर दिइ हालिन “ म तपाईलाई एक जुनित के हजार जुनि सम्म छोरीको नाताले हेर्नेछु ” भाव प्रष्ट नभए पनि उनको उत्तरको आसय थियो हामी विचको सम्बन्ध भनेको वाउछोरीको जस्तो होस मैले उनको उत्तर आउने वित्तिकै हस भन्दै “ आफुलाई जे लाग्छ त्यहित गर्ने हो ” भने किनकी मलाई मेरो खुशि भन्दा पनि उनको खुशि हेर्न चाहान्थे उनले जे भन्थिन त्यहि स्वीकार गर्दै जादा नै उनलाई धेरै खुशि मिल्छ जस्तो लाग्थ्यो त्यसैले पनि उनको भनाईमा केहि प्रतिकार गरिन हस भनेर समर्थन जनाउदै “ तिम्रो खुशिको लागि जे भन्छेउ त्यहि मन्जुर छ मलाई ”

उनले ओके भनिन एतिकैमा मैले पनि कुरा मोडे “ हिजो आज के लेखेउ खोइ ? ” उनले पे्रमिल भावले ओत प्रोत भएको मुक्तक पठाईन जुन मुक्तकमा थियो चक्लेट डे प्रमिस डेमा प्रपोज डेमा सम्झियनौं किन माया मारेको भन्ने भाव थियो लास्टमा लेखिन “ गोरेलाई भनेको हैन कालेलाई भनेको हो भनेर ” त्यसपछि मैले आइ लभ यु लेखेको स्टीकर पछाडी उनको नाम लेखेर पठाए उनले त्यो स्टीकरमा आश्चर्य लाग्ने खालको स्टीकरले लाईक गरिन तर कुनै पनि प्रतिक्रिया आएन मौन स्कृति जनाएको ठाने तर उनले फेरी मलाई जे मन पर्दैन त्यहि व्यवहार देखाउदै किन नजिक सर्छौ भन्ने भावको मुक्तक पठाईन मैले “यस्तो पो कुरा ? ” भने

उनले “होत” भनिन र फेरी उनले थपिन “ आजकालका केटाहरु अचम्मका हुदा रहेछन ” उनको कुरा सक्किन नपाउदै मेरो मनले विभिन्न खाले तानावानहरु बुन्न थाले कसैले उनलाई प्रेम प्रस्ताव गरे वा अरु धेरैले उनलाई मन पराएको हुनु पर्छ यिनै भावहरु मस्तिक देखि हृदय सम्म तरङ्गित भय मैले हतार गरेर सोधे उत्तर बुझ्नलाइ “ किनर ?”

उनले कुरा मोड्न खोजे झै गरेर घुमाउरो तरिकाले उत्तर दिन थालिन ताकी मैले उत्तर बुभ्न हतार गरेको कुरा बुझे पछि अलिवार घुमाउन खोजिन र भनि “ एउटा प्रश्न ”

मलाई हतार भएको थियो “ भनत खोई प्रश्न ? ” प्रश्न गर्नलाई अड लाग्यो लजाए झै गरेर “ छैन ” भनेर लेखिन मैले रिसाउन आटे झै गरेर भने “ भनि हालत” उनले म रिसाउन खोजेको कुरा बुझेझै गरेर तुरुन्तै भन्न थालिन “ मेरो हाँसो डेन्जर छ हो ? अब हास्दीन म ”

मैले सोधि “ हाले किनर ? ” भन्न खोजेको कुरा भन्न सकिनन् कुरा मोड्न खोज्दै भनिन “ सोधेको बेसि हास्छु म है ?? ” दुइ ओटा प्रश्नवाचक चिन्न सहित प्रश्न गरिन मलाई हतार लाग्यो बुझ्न, ओझपुर्ण उनको मुस्कानमा लठ्ठ नपर्ने सायद कोहि पनि हुदैनन तर जो नजिक हुन्छ उस्ले भन्न हिम्मत गर्ने हो शक्का लाग्यो उनको नजिक अरु कोहि आइरहेको छ मनमा प्रेमिल रिस र डाहाका ज्वाराभाट उत्तेजित भएर खनिए उनका ओठका मुस्कानहरु याद वनेर वर्षिए मेरो मनलाई समाल्न गाह्रो भयो सुनसान रात बन्द कोठामा मुटुको गति बढ्यो मैले सोधि हाले “ कस्ले भने आज फेरी ?”

म त्यो को रहेछ चिन्नलाई आतुर थिए उनले सके सम्म भन्न नपरे हुन्थ्यो भनेर टार्न खोजिरहेकी थिईन सके सम्म टारौंला झै गरेर भनि “ छ्या आज हैन ”

मैले सोधे “ अनि कहिले कस्लेत कहाँ त ? ”

उनले फेरी डाटी रहिन “ खोई को हो? को हो ? मैले नि चिन्या छैन ”

मैले थपे “ तेस्तो नि हुन्छ ? कहाँको हो ? ”

अझै डाटिन “ त्यो नि थाहा छैन भनेर ” म मा प्रेम प्रणय भित्र रिसका आवेगहरु आए अनि रिसाएर भने “बरु भन्दिन भनन?”

फेरी विश्वास दिलाउने गरि थपिन “ होके साचि ” मैले फेरी भने “ चिन्दै नचिनेको मान्छेले ? ”

समाजिक सन्जालको भाषामा “उम” लेखिन

मैले भने ठिकैछ मलाई डाटेउ भन्दै गर्दा उनले लेखिन “ हैन हो के मलाई केहि थाहा छैन चिनेको नि छुईन ”

म रिसाएर “ हो भने हो नै सहि ” भन्दिए उनले एउटा अरुले गरेको म्यासेजलाई स्कृनसट गरेर पठाईन त्यस्मा लेखिएको थियो “ किन नबोलेको मायालु ?कल पनि आउदैन म्यासेज पनि आउदैन तर पनि उसको याद मनमा आईरहेकोछ”

म्यासेज एक जना केटाको नामबाट आएको थियो त्यसमा उनको रिप्लाई थियो सम्मान जनक र मायालु भाषामा लेखिएको थियो “तपाईको केहि काम छैन हो ?” उस्ले के जवाफ फर्कायो होला त्यो भने म्यासेजमा लेखिएको थिएन उ को हो ? उस्को वारेमा धेरै कुरा जान्ने इच्छा थियो तर सजिलै उत्तर नआउने भएकाले मैले उनिसँग सोधिन बरु उनले पठाएको म्यासेज आउने वित्तिकै मैले पनि स्कृनसट गरि सकेको थिए र उस्को फेसबुक प्रोफाइल हेरी सकेको थिएँ तर उनले हतपत रिमोभ गरिन तर मसँग म्यासेज सुरक्षित थियो के थियो ? पढ्नै भ्याइन किन डिलिट गरेको ? भनेर सोधे उनि चलाख थिइन “ तपाईले पढि सक्नु भएको थियो मलाई चेक गर्न खोज्नु भएको” भनिन

त्यो साचो कुरा थियो मैले यो भन्दा अघि पनि धेरै चोटी पठाएका म्यासेजहरु पढेर पनि पढेको थिइन के थियो भन्दा त्यो स्कृनसट गर्दा आएको नामलाई हटाएर को मान्छे हो भन्ने नचिनियोस भनेर म्यासेज मात्र पठाउने गर्थिन तर त्यो दिन पनि त्यहि गर्ने सोच थियो होला तर भ्याइनन मैले हेरी सकेको कुरा थाहा पाईन र यहित हो नि भनेर जस्ताको तस्तै म्यासेज गरिन । उनको चलाखी पन बुझ्न मलाई गाह्रो थिएन , मलाई उनले पठाएको म्यासेजको स्कृनसट पढ्दै गर्दा मन र मस्तिकमा अनेक थरीका उतार चढावहरु आए कहिले काही मेरा म्यासेजहरु पनि यसै गरी स्कृनसट भएर अरु कसैको म्यासेन्जरमा गएका होलान भनेर मन चिन्तित भयो । मैले गरिरहेको विश्वास भरोसाका पार्खालहरु भत्किए, शक्का उपशक्काका पर्खालहरु चुलिन थाले आफुले आफुलाई धेरै सम्झाए पक्कै पनि जहाँ माया गाढा अनि बिश्वास हुन्छ नि त्यहाँ आशा को पनि बास हुन्छ जुन आशा पुर्ण हुन्छ माया अझै धेरै गाढा भएर जान्छ त्यसैले शक्का हैन बिश्वास र भरोसा राख्नु नै उचित ठाने हामी विचको संवादमा उनिले भन्छिन “ मलाई थाहा थियो तपाईले स्कृनसट गर्नु हुन्छ भनेर ”

“कसरी थाहा हुन्छ?” मैले प्रश्न गरे तपाईले अघि गर्न भ्याउनु भएन त्यसैले भन्छिन । उनले “ त्यो स्कृनसट गरेर पठाएको “म्यासेज डिलिट गर्नु ” भन्छिन ” हुन्छ गरिसके भनेर सहमति जनाउछु र भन्छु “ तिमी खत्रा मान्छे मेरो मनको कुरा बुझी हाल्ने तिमि मात्र एक हौं यसैलाई भन्छन माया प्रेम मेरो बुझाईमा कि के हो ?”

मैले प्रश्न गर्छु सटिक उत्तर आउछ “ होला ”

मैले फेरी सोधे “ थाहा छैनर ?”

उत्तर “छैन” भन्ने आउछ फेरी मैले भने “ धेरै अनुभवि छेउ ”

उनले सोध्छिन “को ?” भनेर मैले उनको नाम……. लिदै तिमी भन्दै अर्को प्रश्न तेस्र्याउछु “मेरो मनको कुरा मात्र पत्ता लगाउछेउकी अरुको पनि ?”

“ कस्तो कुरा गर्नु भएको म सबैको बुझ्छु ” उनले सहजै जवाफ दिए पनि मनको कुरा बुझ्न त्यति सजिलो हुदैन मलाई त्यो पनि थाहा थियो मैले भने “ तिमिले अरुको मनको कुरा बुझ्न सक्दिनौं मेरो मात्र हो ”

उनले प्रतिकार गरिन “ हैन म सबैको बुझ्छु ” यहि विचमा मैले भन्छु “तिमिले मलाई पुरै तौली सकेकी छौं तर मैले तिम्रो मनलाई अझै बुझ्न सकेको छुईन ” कुरा बुझे पनि नबुझे झै गरेर “तौलीएको मत्लब भनेर सोध्छीन ”म के गर्दा खुशि हुन्छु के गर्दा दुखि हुन्छु म के चाहान्छु तिमिसँग सबै बुझ्छेउ तर नबुझे झै गरेर बुझ पचाउछेउ ” उनि लेख्छीन हो धेरै कुरा बुझ्छु तर मसँग के चहानु हुन्छ त्यो बुझेको छुईन ”

मैले जवाफमा फेरी भन्छु “सबै थाहाछ बुझेकी छेउ बुझ पचाउछेउ ” पाचओटा मुस्कानको स्टीकर पठाउछिन मैले सोध्छु स्टीकरलाई इग्गित गर्दै “के हो यो फेरी ?” उनले मेरो प्रश्नलाई मुस्कानको स्टीकरले लाईक गर्छिन तर जवाफ आउदैन यति कुरा गर्दै गर्दा रात धेरै छिप्पि सकेको हुन्छ आँखामा निन्द्रा नआए पनि सिरक भित्र लुकेर च्याटमा कुरा गर्दा कति अप्ठेरो हुन्छ त्यो गरि रहनेहरुलाई मात्रै थाहा हुन्छ तर पनि हामी विचमा कति खेर पनि त्यो अप्ठेरोको अनुभुति हुदैन कित नेट बन्द हुनु पर्छ की मोवाईलमा व्याट्री सकिनु पर्छ कित घरका अभिभावकले थाहा पाएर हप्काउनु पर्छ अरु जोडीहरुलाई तर हामी विचमा एस्तो कहिले भएन नियमित दश वजे सम्म वस्ने गरे पनि कहिले एघार वाह्र वज्यो होला नत्र समयमा विदा भएर सुत्ने गर्थेउ । यति खेर मैले हामी विचको यो माथिको सकरात्मक कुराहरुलाई सम्झे बेलुकाको एघार भन्दा बेसि वजीसकेको रहेछ मैले कुरालाई अन्तै मोडेर कुरा छोट्याउन तिर लागेर भने “भोली के डे रहेछ ?”

उनले भनि “ मलाई थाहा छैन” रगतको नाता नभएको तर भावनात्मक नाता र सम्बन्ध भएको एक जनाको नाम लिएर त्यो दाईलाई सोधेर भन्छु भन्छिन , तर मैले भोलि पर्खिन सकिन गुगलमा खोजेर म्यासेज गर्छु र मैले भन्छु “ लौ प्राय मलाई फेवरेट लाग्ने र मन पर्ने डेहरु बाकी रहेछन ” जुन हग डे र किस डे थिए , उनले त्यो मेरो म्यासेजमा अनलाईकको स्टीकरले कोड गरिन र मेरा मन पर्ने डेहरु सकिएछन भनेर विति सकेका चक्लेट डे, टेडी डे , प्रमिस डे,रोस डे,लेख्छीन मैले हग डे र किस डे चाहि मेरा जति गरे पनि नअगाउने डे हुन भनेर लेख्छु उनले ठुलो लाईक चिन्न भएको बुढि औलाको स्टीकर पठाएर गुट नाईट भन्छिन । मैले नि शुभ रात्रि लेख्दै सपनिमा भेटौला लेखेर म्यासेन्जरबाट विदा हुन्छौ ।

प्राय “म“ उनैको लागि लेख्ने गर्छु जसले मेरो “मनलाइ“,मेरा “भाबनालाइ“ “मेरो विचारलाई ” पढेर वुझे पनि नबुझेको अभिनय गर्छीन । म उनिसँग विदा भए पनि सुतेर निदाई हाल्ने अवस्थामा थिईन त्यसैले अघाडी गरिएका म्यासेजहरु हेर्न थाल्छु हतारमा के के लेखियो के के भनियो कतै उनको मुटु विझाउने आँखा रसाउने खालका कुरात गरिएन नि आफैले आफुलाई प्रश्न गर्छु र सरसरति सबै म्यासेजहरु पढ्दै जान्छु आफुबाट अनियन्त्रित भएर त्यस्तो कुनै म्यासेज पठाए जस्तो त लाग्दैन तर गएको रहेछ भने अप्ठेरो नहोस भनेर सावधानी अपनाउदै सुत्न खोज्छु निन्द्र लाग्दैन म्यासेन्जरमा गरिएका कुराहरु झलझली आउछन र जोडले घचघचाउछन निदाउन दिदैनन मलाई ओछ्यान र सिरानी नमिलेको जस्तो लाग्छ एता मिलाउछु उता मिलाउछु कतै पनि केहि गर्दा हुदैन निदाउन सक्दिन सदाको भन्दा मलाई ओछ्यान नै फरक भएको महसुस हुन्छ तर हैन रहेछ म ओछ्यान र सिरानी मिलाएर बसे तर नमिलेको त मन रहेछ उनकै यादमा विस चोटि कोल्टो फेरि सक्दा पनि निदाउन सक्दिन यत्रो आधुनिक युगमा पनि यी यादहरु लाई रोक्ने कुनै यन्त्र किन बनाएन यो बिश्व जगत र यो बैज्ञानिक युगले ? मलाई यी सबै फिक्का लाग्छन हामी विच कुराकानी भएको दिन प्रमिस डे थियो उनले मसँग प्रमिस गरेको कुराहरुलाई पटक पटक पढे र भावको गहिरामा डुबे कता कता मैले गर्ने माया प्रेम भित्र स्वार्थ र संकिर्णताको राग भेटिय झै गरि शक्का र आसक्काका पर्खालहरु ठडाएर हजारौ जुनि सम्म छोरीको रुपमा हेर्ने उनको कसम पनि माया प्रेम भित्रको सागुरो सोचाई भएको महसुस हुन्छ , यदि कसैले कसैलाई साँचो प्रेम गरेको हो भने उ प्रतिको प्रेम भाव कहिल्यै मर्दैन । सबै प्रेम विवाहमा परिणत हुनुपर्छ भन्ने पनि छैन ।

प्रेम गरेको मान्छेलाई आजिवन प्रेम गर्न विवाह नै गर्नु पर्छ भन्ने पनि छैन । यदि माया प्रेममा त्याग र सर्मपण छ भने हरेक दुःख सुखको साथी हुन सकिन्छ आबाश्यकता अनुसार एक आपसका समस्याहरुसँग जुध्ने वेला कहिले बाबु, छोरी त कहिले श्रीमान, श्रीमति,कहिले,व्यापारी ,ग्राहक,कहिले प्रेमि, प्रेमिका , माया प्रेमले यो मात्र सम्बन्ध कायम राख अरु नराख भन्दैन । बरु भन्छ त परि आए र समयले मागेका वेला सबै खालका सहयोग र सम्बन्धहरु विना हिचकिचावट राख्न सक्नु नै वास्तविक माया प्रेम हो मेरो बुझाईमा । प्रेमको अर्थ विवाह हैन प्रेमले न कुनै सम्बन्धको इच्छा नै राख्छ प्रेम कुनै सम्बन्ध पनि हैन प्रेमको कुनै सम्बोधन पनि हुँदैन प्रेमले जीवनसँग कुनै माने पनि राख्दैन प्रेमको आयु पनि त हुँदैन आयु त प्रेम गर्नेहरूको हुन्छ प्रेम त अनन्त छ अमर छ अजर छ माया प्रेम गर्ने कारण हुदैन नत हुन्छ मायाको गन्तव्य नै । कसैको अंगलोमा बाँधिएर हिड्नु चुम्बन गर्नु अश्लिल कुरा गर्नु शरिरमा शरिर मोल्नु मात्र माया होइन,त्यो त मान्छे भित्रको स्वार्थी पन हो,माया त्यो हो जुन हजारौ गुणा टाढा भए पनि सधै मनसँग मन बाँधिएको हुन्छ । जब जब तिमी मुसुक्क मुस्कुराइदिन्छेउ म सयौं दुःखका पहाड नाघ्न सक्छु एक हुनु नहुनू ले खासै फरक पार्दैन, मेरी प्रिय माया प्रेममा विश्वाश“ एक छोटो शब्द हो, पढ्न सजिलो छ, सोच्दा राम्रै लाग्छ, याद गर्न केही समय लाग्छ, तर पुरा सावित गरेर देखाउन बर्षौ लाग्ने रहेछ यो विश्वास भनेर देखाउन सकिन्न गरेर देखाउने चिज रहेछ म गरेर देखाउनेछु जुन तिमिले पछि महसुस गर्नेछेउ । डोरी जस्तै बलियो सम्बन्ध चाहान्छेउ भने कम्तीमा धागो जतिको विश्वास गर्न सिक । सम्बन्ध विश्वासले चल्छ आशाले होइन मैले यति बुझेको छु । शंक्का विश्वासको शत्रु हो भने घमण्ड पतनको प्रतिक हो त्यसैले म तिमिलाई विश्वास दिलाउन चाहान्छु शक्का हैन , यी र यस्तै खालका अनेक कुराहरु मेरो मथिङ्गल र हृदयलाई खेल मैदान बनाएर खेलीरहे , उनिसाँगको समिप्यता हुने रहर,इच्छा र चाहानाहरुले चिच्याएर गुनासो गरिरहे त्यो अधेरी रातको बाध्यताहरुले मेरो आवाजहरु दबाएर थिचिरहेका थिएँ झल्को र यादका वर्षाहरुले निर्थुक्क भिजेका नयनहरु निदाउन मानि रहेका थिएनन् निदाउने कोसिस गर्दा गर्दै कति खेर निदाएछु पत्तै भएन विउजदा खेरी वाहीर घाम लागि सकेको रहेछ ।

स्थायी ठेगाना लाम्पनटार २ सिन्धुली
हाल कमलामाई नगरपालीका ६ सिन्धुली

साभारः साहित्य सङ्ग्रहालय

सम्बन्धित खवर