कथा : मोडिएको माया - Sainokhabar
  • बुधबार, कार्तिक १०, २०७८

कथा : मोडिएको माया

~सृजना श्रेष्ठ

काठमाण्डौबाट करीब १५ १६ कि मी पर धार्मिक स्थल र प्रकृतिले सजिएको प्रसिरु स्थान साँखुको ठूलो फाट रहेको छ । साथै त्यहाँको स्थानिय वासिन्दाको आरुनै रहनसहन र रितिरिवाज पनि देख्न सकिन्छ । पुराना तथा आधुनिक घरहरुले सजिएको साथै त्यस स्थानमा फूलहरुले आरुनो सुगन्ध र उज्यालोको प्रहर दिएको आभाष हुन्छ । सोच्दा स्वर्गको सुन्दर बाटिका जस्तो लाग्ने । प्राकृतिक सुन्दरता जसलाई अवलोकन गर्दा कुनै पनि व्यक्तिको मनमा हजारौ कुरा खेल्ने स्थान बन्छ । निकै सरल सोझा अनि मेहनेति व्यक्ति र त्यहाको समाज देख्दा नै लोभलाग्ने त्यस स्थनले कयौ युगल जाडिहरुलाई मायाप्रिति र विश्वास साट्ने सहारा दिएको छ । धेरै जोडिहरुकोलागी मिलन दिएको छ । अनि भविष्य पनि । त्यसैगरी कतिलाई त्यहि साँखुले धोका अनि विछोडको पिडा दिएको छ ।

भनिन्छ विगतका कुरालाई बर्तमानमा उतार्दा ति घटना झन् ताजा भएर आइदिन्छ रे त्यसैले वितेका कुरालाई डायरिका पाना पल्टाउदै विगतलाई सम्झने प्रयास गर्दे छु तर म त्यस परिक्षा घडिमा कक्तिको सफल हुन्छुहोला ? मुल्यारु्कन गर्न त बाकि नै छ । जस्तोसुकै भएपनि तिमीसामु सम्झनाका २ ४ शव्दको सुख अनि दःुख पोख्दैछु स्वीकालिदेऊ ल मौसमसगै अब त खेतमा नया बालि लगाउने बेला पनि भइसको छ । त्यसैक्रममा म पनि आरुनो खेतमा काम गर्न दैनिक जाने गर्दथे । सायद मेरा ति कामलाई कसैले मुकदर्शक बनि केहि आरुनो पनको दृष्टिले नियालि रहेको रहेछ ति कुमारीका दुई नयनले सायद पक्कै हेरीरहेको छ ।

सहास गरेर सुकोमल सुशिक्षित हस्तले कोरीएका स्वर्णीम लिपिका साथमा मायास्वरुप भनौ या सम्झना स्वरुप तिमीले लेखि पठाएको पत्र पाउन सफल भए कुनै मध्यस्थकर्ताबाट त्यसैले त आजसम्म पनि सम्झना गराएको छ । मेरो जीवन रेखामा पनि कोहि आदर्श नारी बनेर प्रेमपुजा गर्दे बस्ने कुमारी रहेछ साह्ै खुसी लाग्यो । जीवनमा पहिलो पटक कसैले म सग माया मागेको छ जतिबेला प्रेम भन्ने के हो थाहै थिएन तै पनि एउटा साना केटाकेटी लुकमारी खेलेजस्तो खेल सम्झि उनको त्यो प्रस्तावलाई स्वीकारे । त्यसपछि हामि दुई निकै रमाइला अनि दुःख सुखको कुराकानिमा समय विताउदथ्यौ । कता कता ति प्रकृतिले पनि साथ दिएको भान हुने । समयको गतिसगै हामी पनि आरुनो जीवनबारमा सोच्न सक्ने भएका थियौं । नबुझ्दा त उनको त्यो प्रस्तावलाई स्वीकारे भने अब त त्यस्तै मायालूको माया पाउन भौतारीने समयमा निरन्तर उनको साथ पाउदा ज्यादै खुसी अनि रमाइला अनुभूति सगाल्न पुग्दथे ।

समयको गतिसगै हाम्रो त्यो मायाले झन् झागिने मौका पाएको थियो । म उनिसामु आरुनो हर दुःख सुख पोख्दथे त्यहि साँखुको प्रकृतिसंग । जवदेखि उसप्रति मेरो माया बढ्न थाल्यो तबदेखि मेरो जीवनमा निकै परीवर्तन आएको थियो । इन्द्रायणीझै मुस्कुराउने उनको चेहेरा मृगनयनि आखा केश बादलसरी कोइलीकोजस्तो बोली देख्दा परि जस्तो मेरी उनको नाम थियो नानु निकै प्यारो नाम । हामी दःुखलाई भन्दा सुखलाई बढि रोज्ने गर्दथ्यौ । दुबै युगल जोडिले झन् झन् आकाश छुन लागेको आभाष हुन्थ्यो । मेरो जीवन उनि विना अपुरो लाग्दथ्यो उ विना मेरो जीवन कल्पनासम्म पनि गर्न सक्दैनथे किनकी उनको मायामा म निकै गहिराइसम्म पुगेको थिए । दुबैले एउटै सपना देखेका थियौ र आजीवनसम्म साथ दिने बाचा गरेका थियौ । त्यस्ता मायाका बाचा त हामीले धेरै बोलीसकेका थियौ । उ एउटा छुट्टै स्वभावकी थिई लाग्थ्यो उनको त्यो बोली बचन सुन्दा पुर्बजन्ममा ठूलो ऋषी थिइन् । कतै हाम्रो त्यो पवित्र प्रेममा कुनै बद्लिदो आकाशले धमिलो बादल बनेर हाम्रो जीवनमा अन्धकार पार्ने त होइन यदि त्यसो भयो भने तिमी निरमायाबाट निरमोहि बन्नेछौ र म तिमीलाई महादेब र महामायाको परिभाषा पनि सुनाउन सक्दिन । त्यसपछि मेरो ह्ृदयमा ठूलो आघात पर्नेछ । म यिनै कुराले बेचैन हुन पुग्दथे तर म त बर्तमानमा हुने थिए जसको कारण मेरा ति शव्दलाई बिलिन् पारी पुनः खुसिमा परिवर्तन गरीदिन्थ्यो । म मा उसप्रति यस्तो भावना किन आउछ अचम्म पर्दथे सायद बद्लिदो समयको परिमाण होला ।

यसरी हामी दुइमा विश्वास त छदै थियो झन् खुसीको त कुरै नगरौ लाग्थ्यो यति खुसी मैले उसबाट मात्र पाउछु किनकी उसका ति प्रत्येक शव्दले मलाई सहि मार्गमा ल्याउन र अगाडि बढाउन प्रेरीत गर्दथ्यो । अनि उज्वल भविश्यको लागी आशाका विजहरु रोपेको आभाष हुन्थ्यो त लाग्थ्यो ससारको सबैभन्दा भाग्यमानि मनै छु । लाग्थ्यो सुन्दर बाटिका हो जीवन त्यसैले म त्यस बगैचाको माली आफै बन्दथे जसरी मालिले बगैचामा भएको फूलहरुलाई माया दिन्छ त्यसरी नै म पनि उसलाई माया र सरक्षण गर्दथे । यति धेरै माया कि म यो शब्द मार्फत व्यक्त गर्न सक्दिन ।

एक दिनको कुरा हो मैले नानुलाई पहिले भेट्ने गरेको ठाउँमा भेट्न आग्रह गरे तर उसको एक्जाम परेको कारण यदि ढिला भएमा एक्जाम दिन जानु भने यसरी घर आए त अफ्सोचको कुरा हजुरमुवा निकै विरामी परेको कारण मलाई एकपटक भेट्ने आशा राख्नुभएछ र घरबाट पनि पुरै तयारी भएको तर म जान मानिन त उहाँको चिन्ताजनक अबस्था भएको कारण म दोधारमा परे एकातिर नानुको असिम प्यार अर्कोतर्फ बच्पनमा हुर्केको काख छुट्न लागेको त्यो अबस्थाले गर्दा म कुनै निर्णय लिन सक्ने भइन । जानुनै थियो त अन्तमा हजुरमुमाकोमा नै गए किनकी नानुले म प्रति गरेको विश्वास अनि माया सम्झि । नकै आतुर थिए तर समय पनि मन्द गतिमा पार भएको आभाष हुन्छ तै पनि म आरुनो गन्तव्य स्थानमा पुगेरै छाडे र निकै हत्तास मन लिएर सोधे
तपाइलाई के भयो ?
ठिक त छ होइन ?

त्यसपछि प्रतिउत्तरमा केहि नभएको र तिम्रो सम्झना लागेर आउदैनौ भनि ढाटेर बोलाएको यस्तो सामान्य उत्तर पाउदा मेरो मन खिन्न भयो अनायसै आखा रसाउन थाल्यो तर उहालाई देखेपछि पुन खुसिमा परीवर्तन गरीदियो । सोचे आखिर मलाई किन यस्तो गर्नु परेको होला म त उहालाई कति माया गर्दथे तर उता मेरी नानु भने कति क्रोधकासाथ बसेकी होली सायद मेरै बाटो कुरीरहेकी हाली म प्रतिको उनको त्यो विश्वास नराम्ररी तोडियो जस्तो लाग्यो त्यसपछि केहि बहानामा छिट्टै नेपाल फर्के । उनको त्यो हसिलो मुहार देख्न निकै खुसी मन लिएर घर आए ।

यसरी फर्किएको निकै दिन वित्दा पनि उसले मलाई एक पटक भेट्ने चेस्टा गरीन मन साह्ै खिन्न भयो तै पनि आफैले उसलाई एकपटक भेट्ने आग्रह गरे उनले स्वीकार गरेकोमा निकै उत्साहित हुदै उसग माफि माग्छु अबश्य मालाई माफी दिनेछिन् यिनै कुरा लिएर त्यो खुसिको मुहार एक झलक पाउनकोलागी हत्तारीदै गए झन् उसलाई देखेपछि त ममा खुसिको सिमा रहेन तर मलाई हास्नु पर्ने ओठमा बेदनाले ढाकेको आभाष भयो तर पनि आफू नआउनुको स्पस्किरण दिदै भने ।

नानु मलाई माफ गर के गर्नु म त्यस्तै परिस्थीतिमा परे जसको कारण तिमीलाई ढाटेको जस्तो भयो र भन्न पनि भ्याइन म………………………………………………………..।

तिमीलाई मैले यति विश्वास गरेको थिए सायद त्यहि विस्वासलाई जानि जानि तोड्यौ अनि मलाई तिम्रो कुनै कारण सुन्नु छैन ……………………………………………….।

नानु तिमी मलाई त्यस्तो नसोच म तिमीलाई मन पराउछु थाहै छ तिमीलाई म कति माया गर्छु पिल्ज तिमी त्यस्तो नभन म त तिमी विना ………………………………………………………………………………………..।

बस् धेरै बहाना नबनाउ मलाई थाहा छ कति माया गछौ भनेर अब मलाई तिम्रो कुनै कुरा सुन्नु छैन । तिमीलाई माया त के मन पनि मराउदिन किनकी म अरु कसैलाई मन पराउछु माया गर्छु र उ नै मेरो जीवनसाथि हो अनि …………………………। त्यसैले अबदेखि तिमी मेरो जीवनबाट टाढा जाऊ । कुनै दिन नानु मेरी थिई भनेर पनि नसोच्नु ।

उसले मलाई आफूमा भएको शब्द निरन्तर आकाशबाट असिना बर्सीएसरी एकनास बुर्साइन् र उनको मायालई स्वीकार गरेको पत्र हातमा राखि मेरो मायालार्ई तिलान्जली दिएर आरुनो बाटो लागी साथै जानेबेलामा विदाइको हात पनि हल्लाइनन् । उनको त्यो तिखो शव्दको प्रहारले गर्दा म छाँगाबाट खसेको जस्तो भए अनि मेरो नयन बयमा अतित चल्मलाउन थाल्यो केहि शव्द बोल्नै सकिन बस् उ फर्केको दिशातिर हेरीरहे गहभ।री आशु पारी फगत एक्लो …………………………………………………………………………।

त्यसपछि ति आसुमा साथ दिने कोहि भएन किनकी साथ दिनेलेनै आसु दिएर गयो तर पनि आरुनै मन दहे पारी सकेसम्म कम गर्ने चेस्टा गरे । मेरो दुःख देखेर ति प्रकुतिले पनि रोएको जस्तो लाग्यो । जसको मायालाई आरुनो ठानेको थिए तर अरुकै रहेछ । यदि मलाई रुवाउनु नै थियो त खुसिको ससारमा भुलायौ किन ? मानिसलाई कति छिटो परिबर्तन गरीदिन्छ यो समयले सायद त्यसरि नै परीवर्तन भई मेरी नानुपनि मलाई राम्रो सोच्ने मन साच्चै नै बद्लिएछ । त्यसैले हिजो हामी भट्ने ठाउँमा आज अरुकसैलाई नै भट्ने गर्छिन् । तिमी मसंग नसोध कि तिमीलाई कति धेरै माया गर्छु भनेर त्यसैले यो मनले तिमीलाई नै रोजेको छ तिमी अरुलाई नरोज र मबाट टाढिन नखोज किनकी त्यो तिम्रो आखामा डुविसकेको छु तै पनि तिमी यो हात थामीदेऊ । मानिसमा परीबर्तन आउन कुनै कारण नै चाहिदैन रहेछ लाग्यो उसले ममाथि विश्वास नगर्ने रहीछ । इश्वरलाई पनि डाँहा भएको थियो होला हामीदुइको त्यो प्रेम त्यसैले एउटै बाटोमा हिडेको हामी यूगल जोडि दोबाटोमा छुटिन पुग्यौ । बुझ्नै नसकिने रहेछ उनका ति आर्दशका कुरा । चाहदा चाहदै फूलको थुगाजस्तो अरु कसैको भयो । मलाई जीस्तो अनगिन्ती सपना अरुलाई नदेखाऊ जुन सपना म दिउसै देख्न थालेको थिए जुन सपनालाई रातमा देख्नु पर्ने थियो त्यहि सपनामा अनायसै यात्रा गर्न पुगे पाए उबाट पिडा र आसुका वेदना तर यहा त समयसापेक्ष प्रेम गरीदो रहेछ ।

अविष्मरणीय भयो तिम्रो साथ किनकी कयैन दिन रुदारुदै वितेका थिए अनायसै आफू आफैसग रुन मन लाग्यो । बेदना र विरहमा जीउदै मारुयौ मलाई किनकी तिमी त जान्न भन्थ्यौ मलाइ छोडि । काश मेरोमा माया नाप्ने कुनै यन्त्र भएको भए नापेर तिमीलाई देखाइदिने थिए तर अफ्सोच माया नाप्ने यन्त्र आजसम्म कुनै बैज्ञानीकले आविष्कार गर्न सकेको छैन । जे होस् तिमी विस्वास गर या नगर म तिमीलाई त्यति नै प्रेम गर्छु जसरी पुतलिले दिपशिखालाई गर्छ माछाले पानिलाई तर आज तिमीले किन म माथि यस्तो शब्द प्रहार गरेर म मा पिर थप्यौ ? तिम्रा लागी अनेकन सपना र विपनाका रमाइला क्षणले भरीएको थियो मेरो जीवन । जव मलाई कसैको मायाको प्रत्याभुति भयो तबदेखि तिमीलाई अन्तर आत्मादेखिनै माया गर्न थालेको थिए । असत्य कुरालाई सत्य सावित गरेर आज मलाई विछोडमा परीवर्तन गरीदिई । लाग्थ्यो उनको त्यो शव्दले आजीवनसम्म साथ दिनेछ तर आज ति शव्द तिमीबाट किनारा लाग्दैछ । अब उ कुनै पनि समयमा मेरी हुन सक्दिन किनकी उसलाई कसैको न्यानो मायामा रमाउने बानि परेको छ । त्यसैले त उनैलाई अरु्गाल्न पुगी सायद यो मन भतभत जलेको देख्न चाहन्यौ होला त्यसको लागी त जुनै समयपनि पर्याप्त हुन सक्छ । आखिर मेरो मनले अगाडि सोचेको साँचो रहेछ तर किन बुझ्न सकिन निष्ठूरीको मायालाई । उसले मलाई झुठो आशा देखाई त्यसैले गर्दा आज म पिडाका आशु र रुवाइलाई लुकाएर बाहिरी मुहारलाई हसाएर भएपनि दुनियाकोसामु जीउन बाध्य छु । पुष माघको जाडो सहेर बसेको व्यक्तिलाई बसन्तको गर्मीको चाहना हुनु स्वभाविक हो ।

नानु मायाले बनेको साइनोलाई भत्काउदैन बरु नया साइनोलाई जन्म दिन्छ । यस्तै रहेछ पिरति अन्जानैमा माया बस्यौ तर अकस्मात धोका मिल्यो । यसरी पहिलो पटक जान अन्जानमा कसैलाई माया दिए त उसलाई मेरो माया सधै ९९ नै भएछ । धेरै नै सम्झाउन खोजे मैले उसलाई तर अब त भन्ने बाटो टुटिसक्यो झन शव्द त शुन्यतामा हराइसक्यो । म उसको माया पाउनमा कुनै पनि कार्य गर्न सक्दिन किनकी उसको खुसीनै मेरो लागी लाख हुन्छ त्यसैले त अव मलाई पनि आरुनो ससारमा रमाउने बानि भएको छ साथै जिउनकोलागी गन्तव्य पनि रोजीसके ।

यसरी उ मेरो काकाको स्कुलमा पढ्थी र जाँचको कपि चेक गर्ने क्रममा उसको कपिमा पनि हात परुयो तर उ त्यस विषयमा फेल हुने भई अनायसै मेरो हातले पासमार्क सम्मभएपनि दिनकोलागी अगाडि भढ्यो सायद अझपनि उ प्रति माया भएकोले होला । कस्तो बस्यो दाग आसुले पखालिएन पुन बेदना उर्लिएर आखाबाट आसु खसाल्न बाध्य भए मन त्यसै कुडिएर आयो । जीन्दगी यस्तै रहेछ जतापनि खाल्डाखुल्डि साथै मुटुमा लागेको चोट पुर्न समयसगै कलेज भर्ना गरे घरदेखि निकै टाढा । एकैछिन भएपनि मेरो अतित भुलाउन सकु जस्तो लागेर । थाहै हुदैनथ्यो कलेजको ५ घण्टा वित्दा पनि सायद उनिहरुले मेरो जीवनमा खुसीको माहोल छरीदिएर होला । यसरी उबाट विछोडिएको पनि करिब ३ बर्ष भइसकेको थियो तर भुल्न खोज्दा पनि सकिएन किनकी अकस्मात झस्काइदियो कपिले ।

एक दिनको कुरा हो एक्कासि नानु मसग आएर पुन मायाको भिख माग्न थालि सयौ विन्ति गरी अनि माफिको अनेकन शव्द एकनास सहजरुपमा बर्साउन थाली जसरी विछोडमा बोलेकी थियी म फेरी अचम्ममा परे र सोचे यो सब मिथ्या हो यदि उसले मलाई माया गर्दि हो त प्रेम गर्दि हो त किन अरु नै कसैलाई प्रेम गर्छु भनी मेरो सामु । त्यसपछि मैले कुनै तरहमा मानिन र उसले मेरो हातमा पत्र राखिदिई म झसग भए त्यो पत्र देखि कि जुन शब्दरुारा मैले उसको प्रस्तावलाई स्वीकार गरेको थिए त्यहि शव्द मात्र नाम फरक तर मलाई त पहिले नै फिर्ता गरेकी थिई यसरी म सपनाबाट विउझिएजस्तो भए त्यसपछि भने, “हेर नानु जब मलाई तिम्रो मायाको खाचो थियो तब तिमी मबाट टाढियौ त आज म यस्तो परीस्थीतीमा छु कि तिमीलाई पुन मेरो भन्न सक्दिन हो कुनै दिन थिई मेरी नानु मेरो तर अब छैन । आरुनो जीवनमा कसरी कुन तरीकाले जीउनु पर्छ जानिसके यतिका समय त एक्लै जीउन बाध्य भए भने अब त कति नै छ र हैन ? त्यसैले म भिडबाट बाहिरीएको छु त एकान्त नै राम्रो लाग्छ । म दिनहरुसग भागी हिडे अन्त्यमा अध्यारो नै प्यारो लाग्छ । तिम्रो बाटो हेर्न त मैले छाडिसके तिमी मायालाई एउटा पसलको खेलौना सम्झन्छौ जसलाई आरुनो इच्छामा जतिबेलामा पनि खरीद गर्न संकु । तिमीलाई त मैले चिन्न सकेको रहेनछु कि तिमी पनि बद्लीदो समयसगै बद्लिन्छौ होला भनेर । अब फेरी म तिम्रो त्यो झुठो मायाको जन्जालमा पर्न चाहन्न । जसको माया क्षणीक रमझम रहेछ तिमीले त मेरो जिवन पहिले नै लुटिसकेको थियौे अनि मेरो खुसी । त्यसैले जसरी म तिम्रो जीवनबाट टाढा भए तिमी पनि मेरो जीवनबाट टाढा हुने कोशिश गर पुन मेरो जीवनमा आसु नदेऊ । तिमीप्रतिको मेरो भावना र विश्वाश त्यतिबेला नै एक एक गरी विस्वनै पल्टिएर आएझै पल्टिएको थियो अनि मेरो सपना क्षतविक्षत भएको थियो त्यसैले पिल्ज …………………………………….।”

बस् तिमीले मलाई बदला लिएको होला ठिकै छ म तिम्रो जीवनबाट टाढा भइदिन्छु तर मलाई एउटा असल साथिको रुपमा त स्वीकार्न सक्छौ ……………………। मैले उसको कुरालाई नर्कान सकिन त्यसपछि उसलाई एउटा असल साथिको रुपमा स्वीकारे बस् असल साथिको रुपमा ……………………………………।

गौशाला,काठमाण्डौ।

साभारः साहित्य सङ्ग्रहालय

सम्बन्धित खवर