मोटर ग्यारेजमामा आगलागी - Sainokhabar
  • बिहिबार, बैशाख २३, २०७८

मोटर ग्यारेजमामा आगलागी

 ईटहरी

ईटहरी-९ ओसियन पार्कमा रहेको रहेको प्रमोद  मोटर ग्यारेजमामा आगलागी भएको छ ।

हिजो बेलुका साढे ७ बजे रबिन्द्र खड्काले संचालन गर्दै आएको उक्त ग्यारेजमा अचानक आगलागी हुदा तिन वटा कार जलेर नष्ट भएको छ ।

ग्यारेजमा बनाउनका लागी राखिएको बा २ च ३८७८ नम्बरको, को २ च ८८०३ र को २ झ १४२९ नम्बरको कारमा आगो सल्कदा तिन वटै कार जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

आगलागीमा  दशलाख माथिको क्षति भएको अनुमान प्रहरिले गरेको इटहरि इलाका प्रहरी कार्यालयका जनाएकाे छ ।

सम्बन्धित खवर