कविता र पहिचानको कुरा - Sainokhabar
  • आइतबार, कार्तिक ०७, २०७८

कविता र पहिचानको कुरा

√सन्जित फलाना 

नेपाली कवितामा पहिचानको मुद्दासम्बन्धी बहस गर्दा मुख्यतया ३ चरणहरुको व्याख्या गर्न सकिन्छ।५० को सुरुवाती दशक।६० को हस्तक्षेपकारि दशक। र ७० को बिराट दशक ।
(१) २०५२ सालको माओवादी सशस्त्र क्रान्ति र जनयुद्दले जसरी राजनीतिमा अहम हस्तक्षेप गर्यो नेपाली साहित्यमा पनि उसरिनै प्रभाव पार्यो।यसको प्रभाव साहित्यको हरेक बिधा कथा,कविता,उपन्यास,निबन्ध आदिहरुमा भएता पनि यहाँ चर्चा गर्न खोजेको कविता बिधाको हो।जनयुद्दको यहिँ छिटाले प्रथमपटक नेपाली कवितामा पहिचानको चेतना प्रार्दुभाव भयो।र यसलाई चिन्तन र बिचारको निबमा चोबलेर धेरै कविहरुले शक्तिशाली कविता लेख्न सुरु गरे।बिशेषगरि जातीय पहिचान र नश्लबोधको बहस र मुद्दा नेपाली कवितामा पेचिलो बनेर भित्रियो ।
यहिँ शिलशिलामा धेरै आदिवासी कविहरुले केन्द्र र राज्यसत्ताको निरंकुस र एकतान्त्रिक चिन्तनपद्दतिबिरुद्द कविताको माध्यमबाट निहुँ खोज्न थाले।कविता मात्रै हैन अभियानको रुपमा मुद्दाहरु नै देखिन थाले।राजन मुकारुङ,हाङयुग अज्ञात र उपेन्द्र सुब्बाहरुले २०५७ मा “सिर्जनशिल अराजकता”आन्दोलन भित्र्याएर साहित्यमा उथलपुथल नै ल्याए।त्यसैगरी २०५८ मा राज माङ्लाक,सगुन सुसारा र भवानी तावाहरुले ” उत्तरवर्ति सोच” अभियान चलाए।त्यसपछि २०५९ मै धर्मेन्द्र बिक्रम नेम्बाङ,स्व. स्वप्निल स्मृति,समदर्शी काइँला,चन्द्रबिर तुम्बापो र चन्द्र योङयाहरुले “रङगबाद” अभियान ल्याए।यी अभियान नि डिसकर्सको गतिलै बिषय बने।यहिँ समयताका नै दमकबाट प्रकाश आङ्देम्बेले ” मुक्त अभियान” चलाए।सैद्धान्तिक आन्दोलननै नभएपनी धरानबाट त्यहिँताका देवान किराँती,अमित थेबे र सन्त थलङहरुले कविताबाट सत्तासङ्ग निहुँ खोजिरहेका थिए।उता केन्द्रमा बसेर साहित्यमा प्रकाश थाम्सुहाङ,बिराट किराति, खुक्सङ लिम्बू,भोगेन्द्र लिङदेन,तिलक चाम्लिङ हरुले पहिचानको गन्ध मिसाइरहेकै थिए।यसरी ५० को दशकमा देखिएको पहिचानको मुद्दाले नेपाली कवितामा बैचारिक बिबिधताको प्रथम छलाङ मारेको नकार्न सकिन्न।
(२) पहिचानको मुद्दा सशक्त भएर साहित्यमा आएको दशक हो ६० को दशक।देशमा राजतन्त्रको अन्त्य भएर गणतन्त्रको उदय भएको यो दशकमा पहिचानको मुद्दा मुखरित गर्ने थुप्रै कविता कृतिहरु प्रकाशित भए।६२/६३ को जनआन्दोलनको सफलतापश्चात यो मुद्दाले अझ सघनरुपमा केन्द्रइतर मोफसलका हरेक गाउँ गाउँमा चेतनाको फिलुङ्गो बाल्न सफल भयो साथै साथ र समर्थन नि बटुल्न थाल्यो।गैर आदिवासी कविहरुले नि यसै बिषयउपर छिटफुट कविताहरु लेख्न थाले।बिशेसगरी पहिचानको मुद्दालाइ यसरी कवितामा ल्याउने कविहरु प्रायस: लिम्बू र राई समुदायका थिए।बिस्तारै तामाङ र गुरुङ समुदायका कविहरु जोडिन आइपुगे।यहिँताका कवि श्रवण मुकारुङको कविता “बिसे नगर्चिको बयान”ले कवितामा आगो लाइदियो।(हेत्छाकुप्पा) उपन्यास,(उर्गेनको घोडा) उपन्यास,(लु)उपन्यास,(डाँडामाथिको घामजुन र गडतिरका राँकेभुतहरु) कवितासङ्ग्रह,(करङको हिरासत )कवितासङ्ग्रह,(पालामको मुर्छना)कवितासङ्ग्रह आदि कृतिहरु निक्कै चर्चाको शिखरमा रहे साथै ब्यवसायिक रुपमा बेस्टसेल्लिङ पनि।बिशेसगरी यतिबेला कविहरुले शालिन र कलात्मक तरिकाले सत्तासङ्ग समानान्तर अस्तित्वको दावी गर्ने, जातीय र नस्लबोधलाई स्थापित गर्ने,बहुलताको रङ्ग खोज्ने र बिकेन्दृकरणको बहसहरु उठान गर्ने किसिमका काम कविताको माध्यमबाट गरे।
(३) र रह्यो अन्तिम दशक ७० को दशक।लगभग यो दशकमा पहिचानको मुद्दा स्थापित भैसकेको थियो।यसले धेरै कविहरुलाइ स्वतन्त्रपुर्वक पहिचान र नस्लियबोधको हुङ्कार गर्न प्रसस्त मार्ग प्रदान गरेको थियो।यसका सुरुवाती बर्षहरुमा धेरै युवाकविहरु निक्कै सक्रिय रुपले कविता लेखिरहेका थिए।उनीहरुमा विशेषगरी बैचारिक सौन्दर्य भन्दा नि झोँक र ठाडो नाराहरु बुलन्द थिए।सत्ता बिरुद्द फोहोरी गाली गर्ने,आक्रोस र आवेसहरु प्रस्तुत गर्ने,बलको फौदारी गर्ने किसिमका बिषयबिम्बहरु कवितामा उल्लेख्य पाइथ्यो।यस समय कवि मोक्तान थेबा र अन्य कवि हरुले” उन्मुक्ता पुस्ता”अभियान सुरुवात गरे।जसले पहिचानको मुद्दालाई थप उर्जा मिल्यो।उपेन्द्र सुब्बको (खोलाको गीत),स्वप्निल स्मृतिको (बाडुली र सुदुर सम्झना),फुलमान बलको (महाभारतकी मैच्याङ), राबतको (राजधानिमास्तिरको राजधानी)राज माङ्लाकको (लिम्बुनी गाउँ)जस्ता शक्तिशाली कविता कृतिहरु प्रकाशन भए।तथाकथित मुलधार भनौदो साहित्यमा नि यी कृतिहरुलाइ बढो चाख र रुचिको साथ ग्रहण गरियो।अहिले होलटाइमर र शक्तिशाली कविहरुको रुपमा स्थापित कविहरु पहिचानको मुद्दालाई स्थापित गराउनेहरुनै भएका छन।यसरि बिस्तारै अहिले नस्लीय बोधबाट पहिचानको मुद्दा अलि बिराट बन्दै आदिवासी सौन्दर्य,सिमान्तकृत र भुँइमान्छेहरुको आवाज,नारी स्वतन्त्रता,स्थानिय स्वाद,आन्चलिकता लेखन,बिकेन्दृकरण र बहुलबिम्बलाई प्रतिनिधित्व गर्दै फराकिलो यात्रा तय गरिरहेको अवस्था छ।
र मुन्धुम अनि लिम्बूवानि युवाकविहरु
यदि पहिचानको मुद्दाले जो कोहि कविहरुलाई मार्गप्रसस्त छ भने लिम्बू कविहरुलाइ छ।यसो हुनुमा लिम्बू जातिको शक्तिशालि मुन्धुमि बिम्ब र अर्थबोध, बिराट सँस्कृती,लिम्बुवानी एतिहासिकता,बिपुल भाषा र वाङमयको प्रमुख देन छ।लिम्बुवानको हरेक भुमिबाट युवाकविहरु उदाइरहेका छन। पाँचथरबाट,इलामबाट,झापाबाट,सुनसरिबाट,मोरङबाट,धनकुटाबाट ।प्राय सबै युवाकविहरुमा आदिम मुन्धुमी चेत,लिम्बुवानी एतिहासिकता र साँस्कृतिक सौन्दर्यको समयबोध नै प्रधान शक्तिको रुपमा देखिन्छ।मुन्धुमको अनेकन बिम्ब र कथ्यलाई शिल्प हालेर कविता बुन्न लागिपरेका छन उनिहरु।यसै दशकमा ७६ सालमा “याक्थुङ लेखक सङ्घ”नि स्थापना भएर अझै सजिलो भएको छ।अहिले त फेसबुकले गर्दा कविहरु नि भर्चुअल भैसकेका छन् ।चाहेको कुरा खोज्न सक्छन।एकअर्कामा मत र बिचारहरु आदान प्रदान गर्न सक्छन् ।
तर उनीहरुलाई अवसर भन्दा धेरै चुनौति छ।पहिचानको मुद्दाले तयार गरिदिएको यो बिराट स्पेसमा मुन्धुम र लिम्बुवानि बैबिध्यको बैचारिक चेतलाई नयाँ कोणबाट कहाँ सेफल्याण्डिङ गराउने?कसरी गराउने?प्रमुख प्रश्न यो हुन जान्छ।बैरागि काइँला,उपेन्द्र सुब्बा, धर्मेन्द्र नेम्बाङ हुँदै स्वप्निल स्मृतिले अघि सारेको मुन्धुमी ट्रेन्डलाइ कसरी फरक र नवीन चस्माले दृस्टिगोचर गर्ने?वहाँहरुले मुन्धुन र लिम्बुवानी एतिहासिकतालाइ साँस्कृतिक र राजनैतिक दृष्टि प्रदान गरिसकेका छन् ।यस्तो स्थितिमा युवाकविहरु सर्वप्रथम अग्रज कविहरुको प्रभाव र छाँयाबाट मुक्त भइ मुन्धुमको घनिभुत गहिराइबाट नयाँनयाँ उत्खनन्,खोज,अनुसन्धान र निरन्तर साधनामा लाग्न जरुर छ।र नविन बिचार,शिल्प,बिम्ब र काव्यिक बैशिष्ठले आफै आफ्नो बाटो खन्न अपरिहार्य छ।मुन्धुमी सौन्दर्यमा भेटिने दर्शन,कला,मिथक,बिम्ब र आख्यानहरुलाई आधुनिक नेपाली साहित्यमा कसरी एकाकार गराउने?कसरी सार्वभौमिक र बिस्वब्यापी बनाइ आम जनमानसमा समाहित गराउने?कसरी यो उत्तरआधुनिक ग्लोबल युगको पलकमा मुन्धुमको सार्थकतालाई प्रतिबिम्बित गराउने?लिम्बुवानी एतिहासिकता,संस्कृती र बहुल जिन्दगीको रङलाई कसरी साहित्यको डेमोक्र्याट भित्तामा ल्याएर टाङने ?चुनौती यहिँनेर छ।
फिदिमको कुकुर कविताले पनि निक्कै महत्व पाएको दशक हो यो।योपा कविता,सुङ्गुर कविता,च्याब्रुङ पोइट्री,फरक आयाम जस्ता अभियान र चेतना नि आएकै हो।तर के अझैपनी अश्लिल शब्दको दादागिरी र फोहोरी बैचारिक झोँको मात्रै लेखेर कसरी स्थापित गर्ने यसलाइ?नयाँपन खोइ?नयाँ शिल्प खोइ?खाली च्याब्रुङको बिम्ब ल्याएर गाइको छाला काढ्ने कुरा कति गर्नु?अझै लिम्बुवानको एतिहासिक लालमोहरको कुरा गरेर कति ठाडै निहुँ खोज्नु?यो देशमा हाम्रो सबैभन्दा आदिम अस्तित्व छ भनेर कति असान्दर्भिक दावी गर्नु?कविता बिचार मात्रै हैन।कला पनि हो।शिल्प पनि हो।बर्तमान समयको एनामा कसरी मुन्धुमी चेतलाई प्रतिबिम्बित गर्नु?हो सोच्नु पर्ने यहिँनेर छ।तब न केही स्पेस बन्छ कविहरुको।ढिलै भएनी मुन्धुमी रेनासा ( Mundhumic renaissance )ब्युँझाउन सक्छौ।लिम्बुवानी एतिहासिकता र गाथालाई ब्युँताउन सक्छौँ। बिचार गरुम।
नोगेन।सेवारो।

सम्बन्धित खवर