यादहरु- Sainokhabar
  • मङ्गलबार, कार्तिक ०९, २०७८

यादहरु-

सङ्गम सुहाङ
(१)
तिम्रो यादका ठेलीहरु
आँखा भरी टाँसेर
म यात्रामा निस्किन्दै छु……
अबताक-
तिम्रो सल्लाह सुझाब
अनि तिम्रो रवाफ र धम्की
तिम्रो पुकार
ती सबै नकाम हुने छन्
तिम्रो आँसुले मेरो बाटो छेक्ने छैन्
बरु ‘पङ्सङ थी’ देऊ प्रिये
एक पटक मुस्कुरार
जस्ले मेरा हर एक पाइला
उत्साहित बन्ने छन्।
(२)
म अब हिडि सकेँ
भो मलाई नपछ्याऊ।
र देउरालीमा बसेर मलाई नजिस्क्याऊ
स्वप्नाका हरफहरु जो टुटे, फुटे, भाच्चिए
फेरि अब मेरो जिन्दगीमा नआऊ…..
(३)
मुटु हल्लाउने तिम्रा यादहरु
छातीमा जो छ्न अझै
कहाँ- कहाँबाट आउछौ तिमी अतीत बोकेर सपनीमा
निराशाको बादलमा फेरि नलौजाउ प्रिये मलाई
जब कि म
तिम्रो यादका पनि, यादहरुमा
मुटु रेटेर बाचिरहेछु…
(४)
न कोट्याएर फाल्न सक्छु
न उघाएर राख्न सक्छु
तिम्रो यादहरु-
जसरी यो मनको पीधमा पुगेर बसेका छन ।
कसोरी- कसोरी अब टुक्रा- टुक्रा बाचूँ होला
बरु यो एक प्याराग्राफ यादहरुलाई
यहीँ कतै बिसाई दिन्छु…..
(५)
जो अनन्त थियो र,
अबिदित थियो
तर ती फुर्सदमा कुँदेका अबला स्वप्नाहरुको हत्या गराएर
साबिती बयानको लागी
तिम्रो दिलको निर्मम कठाघरमा उभ्याउने
दुश्प्रयास नगर प्रिय
म तेसै बसिभूत छु
उसै द्रवीभूत छु
जीवनको यो मध्यार्दमा आई पुगेर
अब मलाई कस्तो सजायको फैसला गरि दिन्छौ
म ड्रेस अफ गर्दै छु…..

सम्बन्धित खवर