लाम्दोम्मा हुःसिङका बारे : - Sainokhabar
  • बुधबार, कार्तिक १०, २०७८

लाम्दोम्मा हुःसिङका बारे :

√खगेन्द्र पङ्धाक
सिक्किममा अन्तिम राजा पाल्देन थेन्दुप नाम्ग्येलको पाला सन् १९६८ बाट अर्थात सिक्किम स्वतन्त्र हुँदादेखि नै लिम्बु भाषाको पठन-पाठन सुरु भएको थियो । सन् २००५ बाट कलेज सुरु भई सिक्किम युनिभर्सिटी, लिम्बु डिपार्टमन्ट मार्फत माष्टर्स(एमए) चाहिं सन् २०१६ बाट सुर भई अहिले २१ जना माष्टर्सका विध्यार्थीहरूलाई निःशुल्क पढाउने काम भईरहेको छ ।
लिम्बु भाषा र साहित्यका लागि सिक्किमका लिम्बुहरूले अतुलनीय योगदान दिईरहेका छन् । अहिले प्रेसमा रहेको ‘लामदोम्मा हुःसिङ’ को बारेमा केहि जानकारी दिनेछु । यो बोलचाल भाषाका लागि तयार गरिएको तीन जना लिम्बु युवा लेखकहरूको संयुक्त पुस्तक हो । जो लिम्बु, नेपाली र अंग्रेजी भाषामा लेखिएको छ ।
लेखकका लघु चिनारी :
सिक्किम युनिभर्सिटी, गान्तोकमा लिम्बु भाषा पढ्दै गरेका माष्टर्सका चौथो सेमेष्टर्समा अध्ययनरत पश्चिम सुक्खिम, छोटा सामदोङका समल नुगो(मुरिङ्ग्ला)-१-०२-१९९३ ले शिशु कक्षाबाट नै लिम्बु भाषामै आफ्नो पढाई सुरु गरेका थिए । उनले २०१८ मा ‘मिक्तोक’(Practical Limbu Meaning Book) र कक्षागत साथी कर्ण हाङ ताम्लिङसँग संयुक्त ‘एक्केबा हाबेक’(लिम्बु सामान्य ज्ञान)२०२० मा प्रकाशन गरिसकेका छन् ।
त्यसरी नै पश्चिम सुक्खिमका कर्ण हाङ ताम्लि-२०-११-१९९४ ले पनि सिक्किम युनिभर्सिटी, गान्तोकमा लिम्बु भाषा पढ्दै गरेका माष्टर्सका चौथो सेमेष्टर्समा अध्ययनरत विध्यार्थी हुन् । आफ्नै जन्म गाउँ बियोङ सोमबारेमा लिम्बु भाषाबाटै आफ्नो शिक्षाको सुरुवात गरेका हुन् । उनले पनि ‘याम्लाक्वा’(लिम्बू कविता सङ्ग्रह २०१८) मा र ‘एक्केबा हाबेक’ प्रकाशन गरिसकेका छन् ।
पूर्व सुक्खिमका बिनय फागो पनि सिक्किम युनिभर्सिटी, गान्तोकमा लिम्बू भाषा पढ्दै गरेका माष्टर्सका चौथो सेमेष्टर्समा अध्ययनरत बिध्यार्थी हुन् । यी तीनै जना मिलेर अहिले प्रकाशन हुन गईरहेको ‘लाम्दोम्मा हुःसिङ’ पुस्तकले लिम्बु भाषा सिक्न चाहनेहरूलाई ठूलो सहयोग गर्नेछ भन्ने विश्वास लिन सकिन्छ । यो पुस्तक लगायत यी तीन युवा लेखकहरूबाट लिम्बु भाषा, साहित्य, सँस्कृति तथा विकासमा ठूलो योगदान हुने सम्भाव्यता छ भनी जोईन्ट रेजिष्टार, को-ओपरेटिव डिपार्टमन्ट, सिक्किम सरकारका विजय प्रतापहाङ सुब्बाले उक्त पुस्तक मै उल्लेख गरेका छन् ।
तेह्रथुम फेेदाप पाैठाक(हाल मेन्छ्यायेम गापा),

(थातथलाे’ फिल्मका निर्देशक पङ्धाक कवि, चित्रकार, सङ्गीतकार र प्राविधिक हुन् । उनले  ज्ञान यात्राको अभियानमा सो लेख लेखेका हुन् । ज्ञान यात्राको प्रवर्दक अमित थेबेका अनुसार ज्ञान यात्रा एक व्यक्ति, एक दिन र एक ज्ञान उपर केन्द्रित हुनेछ । जीवनमा जुनसुकै विधा र क्षेत्रमा सामान्यदेखि विशिष्ट ज्ञान राखेकाहरूले अरू समक्ष प्रस्तुत गर्नेछन् । थाहा नपाएकाहरू र थाहा पाएकाहरूबीच ज्ञान, अनुभव, सीप र सूचनाको आदानप्रदान हुनेछ । अभियानअन्तर्गत यहाँहरूले संक्षिप्त पोस्ट, तस्वीर र भिडियो क्लिप्समार्फत् आफ्ना कुरा राख्न सक्नु हुनेछ । यस अभियानमा जोडिन हुन सबैलाई आह्वान छ । कवि, कलाकार, सिनेकर्मी, खेलाडी, प्रशासक, स्वास्थ्यकर्मी, राजनीतिज्ञ, शिक्षक, सञ्चारकर्मी, सामाजिक अभियन्ता, गृहिणी या जोसुकै पनि यस ज्ञान यात्रामा सामेल हुन सक्नेछन् ।

लक डाउन समय सबैको सुखद रहोस् । सुरक्षित रहनु होला।)

सम्बन्धित खवर