विपत्तमा सब्जी बेच्दै कुटो कोदाली - Sainokhabar
  • शनिबार, कार्तिक ०६, २०७८

विपत्तमा सब्जी बेच्दै कुटो कोदाली

फिपराज बेघा
भोतगौडा(हसन्दह)

तपाई पथरी शनिश्चरे नगरपालिकाका बासिन्दार हुनुहुन्छ भने लडकाउनको बेला सब्जी किन्न पाइदैन भनेर धन्दा नमान्नुहोस् । कुटो कोदाली कृषि सहकारी संस्था लिमिटेड(पथरी शनिश्चरे ६ भातेगौडा)ले घुम्ती होलसेल तरकारी सेवामार्फत् नगरवासीको घरघरमा सब्जी विक्री गरिरहेको छ ।

सहकारीले १३ प्रकारको सब्जी र ४ प्रकारको डेरी आइटम खरिद तथा विक्री गर्दै आएको हो । घुम्ती होलसेल तरकारी सेवा न्यूनतम शुल्क कायम गरेर घरघर पुर्याइरहेको छ । भिन्डी प्रति केजी रु १ सय, पालुङ्गो साग प्रति मुठ्ठा रु १५, टमाटर प्रति केजी रु २०, खोर्सानी प्रति केजी रु १००, रायको साग प्रति मुठ्ठा रु २०, काक्रो प्रति केजी रु २५, बैगुन प्रति केजी रु ३०, लट्टेको साग प्रति मुठ्ठा रु २० तोकिएको छ । लौका प्रति गोटा रु ४० देखि रु ५०, घिराँैला प्रति केजी ५०, बन्दाकोपी प्रति केजी १०, करेला प्रति केजी १२०, धनिया प्रति मुट्ठा २० रुपैयामा किन्न पाइन्छ । त्यस्तै दुध आइटममा दुध प्रति लिटर रु ६५, दही प्रति लिटर रु ८५, घिउ प्रति किजी ६ सय ५० र पनिर प्रतिकेजी ५ सय ५० मूल्यमा उपभोक्तालाई उपलब्ध सहकारीले गराउदछ । दुधको प्रकार स्थापना कालदेखि नै खरिद तथा विक्री गर्दै आएको सहकारीले सब्जीको प्रकार भने बैशाख १ गतेदेखि लकडाउन सुरु भएयता मात्रै थालेको हो ।

‘हामी सबैको चाहना, घरघरमा रोजगारीको सृजना’ भन्ने नारा तय गरेको छ, सहकारीले । पथरी शनिश्चरे नगरपालिकाको वडा नम्बर १, ५, ६ र ७ का सेयरधनी आबद्ध सहकारीमा ४ सय ६५ सेयर धनी रहेको छ । २१ लाख सेयर पुँजी रहेको सहकारीको स्थापना कालमा ३० जना कृषकहरु सदस्य थिए । विभिन्न कृषकहरुलाई विभिन्न संघ, संस्था तथा वैकहरुसँग साझेदारी गर्दै कृषिलाई आधुनिकीकरण गराउन कृषि, पशुपालन, नगदेवाली, माछापालन आदि तालिमको व्यवस्था गरि कृषकलाई व्यवसायी बनाउन संस्थाले महत्वपूर्ण भूमिका खेलिरहेको छ । सहकारीले वास्तविक कृषकहरुको पहिचान गरि वा कृषि पेशामा निर्भर रहन चाहानेहरुको लागि पुलको काम गरि रहेको छ । पथरी शनिश्चरे नगरपालिकाको अत्यन्त पछाडि परेको वडा ६ नम्बर कृषिको अत्यन्त सम्भावना बोकेको क्षेत्र पनि हो । सहकारीले पकेट क्षेत्र निर्धारण गरि(जस्तैः दुध, सब्जी र माछा) कृषिलाई एक गाउँ एक खेतीको अवधारणा अनुरुप काम गरिरहेको छ । कृषकहरुले उचित समयमा मल, व्यू, विजनहरु नपाई रहेको अवस्थामा यस सहकारीले जिल्ला कृषि विकास कार्यालयसँग समन्वय गरि यस क्षेत्रका कृषकहरुलाई मलको व्यवस्था गरिरहेको छ । कृषिमा आत्मनिर्भर हुन चाहाने कृषकहरुलाई सरल व्याजदरमा ऋण प्रवाह गरिरहेको साथै कृषिलाई व्यवसायी रुपमा अपनाउने कृषकहरुलाई फर्म दर्ता गराई विभिन्न वैक तथा वितिय संस्थासँग साझेदारी गरि सरल र सहजरुपमा कृषकलाई ऋण दिलाई सरल र सहज रुपमा भुक्तानी गराउन यस संस्था महत्वपूर्ण भुमिका निर्वाह गरिरहेको छ ।

घुम्ती होलसेल तरकारी सेवा सहकारीले नगरको वडा नम्बर ३ र ८ को केही स्थानमा मात्र पुग्न बाँकी छ । १० वडा रहेको नगरको अन्य वडाहरुको टोलटोलमा घरलैरी सेवा दिइसकेको छ । कार्यक्रम संयोजक एलभी भण्डारीले भनेका छन्, ‘नगरपालिको वडा नम्बर ३ र वडा नम्बर ८ को केही भूभाग मात्रै पुग्न बाँकी छ । अरु सबै स्थानमा पुगिसक्यौं । एउटा एरिया ४ दिनको पालामा नगरवासीलाई सेवा दिन्छौं ।’ बस्तु तथा सेवा सवारी साधनमा राखेर सब्जी विक्री गरेर दैनिक ४२ हजार देखि ५० हजारसम्मको आम्दानी गरिरहेको छ । कार्यालय रहेको वडा नम्बर ६ बाट कृषकहरुले उत्पादन गरेको सब्जी खरिद गरेर सहकारीले विक्री गरिरहेका हो । कार्यक्रम संयोजक भण्डारीले भने, ‘नगरका कृषकहरुले उत्पादन गरेको सब्जी खरिद गरेर विक्री गछौं । ९० प्रतिशत वडा नम्बर ६ कै कृषकहरुले उत्पादन गरेका हुन् । ८० प्रतिशत हाम्रै सेयरधनीको खरिद गर्ने गरेको छौं ।’ आज बुद्ध चोक, शिखर चोक, पुरानो बाणिज्य बैंक, जनआन्दोलन चोक,हसन्दह बस स्टेसन,पेगोडा बोडिङ्गको लाईन, हनुमान चोकबाट भित्रका बस्तीहरुमा सहकारीले घरघरमा सागजब्जी विक्री गर्यो । नगरपालिकाको इजाजत लिएर विहान ६ वजेदेखि १ बजेसम्म घरदैलो सेवा प्रदान गरिरहेको छ । न्यूनतम शुल्क सेवाग्राहीबाट लिएर उठाइएको रकम नगरस्तरीय राहत कोषमा सहयोग गर्ने सहकारीका कार्यक्रम संयोजक एलभी भण्डारीले बताएका छन् ।

अहिले नगरको मूख्य बजार पथरी बजारमा पूर्णरुपमा बन्द गराएको छ । अन्य हाटबजार पनि बन्द छ । बन्दले नगरबासीलाई सब्जी किनेर खान समस्या परेको बखत सहकारीले तरकारी विक्री सुरु गर्यो । पथरी शनिश्चरे नगरपालिको कार्यालयले लकडाउन थप कडाई गर्दै नगर बाहिरबाट सागसब्जी र फलफुल भित्रिन दिएको छैन । नगर प्रमुख दिलीपकुमार राईले कोरोना सर्न सक्ने माध्यममध्येको तरकारी तथा फलफुल अन्य पालिकाबाट आउन नदिने बताए । नगरभित्रै उत्पादित सागसब्जी अत्यन्तै स्वास्थ्य सावधानी अपनाएर कृषक समूह तथा कृषक सहकारीमार्फत विक्री वितरण गरिरहेको नगर प्रमुख राईको भनाई छ ।

सम्बन्धित खवर