कोरोनाको रिपोर्टः हालसम्म ८ हजार १७ जनाको परीक्षण - Sainokhabar

कोरोनाको रिपोर्टः हालसम्म ८ हजार १७ जनाको परीक्षण

साइनो समाचारदाता

पथरी । हाल सम्ममा ८ हजार १७ जनाको कोरोना (कोभिड १९) को परीक्षण गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको वेवसाइट अनुसार परीक्षण मध्ये ७ हजार ९ सय ८७ जनाको संक्रमण नदेखिएको, १ सय १७ जनाको आइसोलेसन उपचार भइरहेको छ । ३१ जनामा संक्रमण देखिएको मध्ये २ जना निको भएर घर फकिएका छन् । हाल सम्म नेपालमा कोरोनाको कारण कसैले ज्यान गुमाएको छैन ।

सम्बन्धित खवर