पथरी बजार भोलिदेखि पूर्णरुपले बन्द हुने - Sainokhabar

पथरी बजार भोलिदेखि पूर्णरुपले बन्द हुने

साइनो समाचारदाता

पथरी । विहान तीन घण्टा खुल्ला हुने पथरी बजार भोलिदेखि पूर्णरुपमा बन्द हुने भएको छ । कोरोना भारस (कोभिड १९)को प्रकोप पछिल्लो समयमा १ नं प्रदेशमा एक्कासी बढेकाले पथरी बजार बन्द गर्ने भएको हो ।

फाइल फोटो

आज बसेको पथरी शनिश्चरे नगरपालिका वडा नं. १ को बैठकले अस्पताल खुल्ला गर्ने, औषधि पसल दिनको २ घण्टा खुल्ला गर्ने भएपनि तरकारी, फलफुल तथा खाद्यन्न पसल समेत पूर्ण रूपले बन्द गर्ने निर्णय भएको वडा सदस्य रोमान्सी धिमालले बताइन् । बन्दबाट सर्बसाधारण जनताहरूमा पर्न गएको असुविधा प्रति क्षमा याचना गर्दै सबै वडाबासी जनसमुदायमा घरैमा बसी कोरोना भाइरसको जोखिमबाट बच्नका लागि अनुरोध वडा कार्यालयले गरेको छ ।

सम्बन्धित खवर