कोरोना रिपोर्टः २४ घण्टामा ३ हजार बढीको परीक्षण, नयाँ संक्रमित छैन् - Sainokhabar

कोरोना रिपोर्टः २४ घण्टामा ३ हजार बढीको परीक्षण, नयाँ संक्रमित छैन्

साइनो समाचारदाता

काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ५ सय १ जनाको कोरोना नमूना परीक्षण भएको छ । परीक्षणमा शनिबार नयाँ संक्रमित थपिएन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ सय २ जनाको पिसिआर र २ हजार ८ सय ९९ जनाको आरडीटीबाट कोरोनाको परीक्षण भएको हो। आजको परीक्षण गरेसँगै नेपालमा कोरोनाको परीक्षणको संख्या २७ हजार ४ सय ७१ पुगेको छ। १९ हजार ४ सय ५४ को आरडीटीबाट र ८ हजार ६७ जनाको पिसिआरबाट कोरोनाको परीक्षण गरिएको थियो ।

हालसम्म ३० संक्रमित

हिजो थप १४ नयाँ संक्रमित भेटिएसँगै संक्रमितको संख्या ३० पुगेको छ। थपिएको १४ जनाको कन्ट्राक ट्रेसिङ गर्ने काम भइरहेको छ । ती मध्ये दुई जना उपचारपछि निको भएर घर फर्किए । दोस्रो संंक्रमित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारपछि शनिबार घर फर्किएको जनाएको छ। फ्रान्सबाट कतार हुँदै नेपाल आएकी उनमा कोरोनाभाइरस पुष्टि भएपछि गत चैत ९ गते राति उपचारका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना गरिएको थियो । बाँकी २८ संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयको भनाई छ । हाल काठमाडौं उपत्यकामा ५ र बाहिर १ सय १२ गरी जम्मा १ सय १७ जना बिरामी आईसोलेसनमा छन् । मुलुकभर ४ हजार ५ सय ३६ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

सम्बन्धित खवर

%d bloggers like this: